कोभिड–१९ : लिखुको चौघडामा किटनाशक औषधी छर्कियो
चौघडा । कोरोना भाइरस (भिड–१९) को सङ्क्रमण न्यूनीकरण गर्न नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर ४ बगैचाका युवाहरुले किटनाशक औषधी छर्कन शुरुआत गरेका छन ।
बढी भीडभाड हुने स्थलमा किटनाशक औषधी छर्कन शुरु गरेको र यो अभियान निरन्तर सञ्चालन हुने ति युवाहरुले बताएका छन । कोरोना भाइरसको सङ्क्रमणलाई फैलन नदिन किटनाशक औषधी छर्न शुरु गरिएको स्थानिय युवा रामचन्द्र अगस्तीले जानकारी दिनुभयो । पहिलो चरणमा ३० पम्प किटनासक औषधी ल्याइ छर्ने काम शुरु गरिएको र आवश्यकता अनुसार खरीद गरी मुख्य÷मुख्य स्थानमा किटनासक औषधी छरिने अगस्तीले जानकारी दिए ।
उनीहरुले वडा नम्बर ४ अन्र्तगत पर्ने तल्लो बगैचा,माथिल्लो बगैचा,क्षेत्रपाल मावि,तल्लो बजार, वडा नम्बर ४ को वडा कार्यालय र स्वास्थ्य चौकीसम्म औषधी छर्केको अर्का युवा रामराजा प्याकुरेलले विदुर खबरलाई बताए । त्यस्तै आगामी दिनमा वडाका अन्य स्थानमा समेत औषधी छर्कने कार्यक्रम रहेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया