भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ७ पुग्यो
नुवाकोट । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।
गुजरातमा आइतबार दिउँसो एक ६७ वर्षीय वृद्धको मृत्यु भएसँगै भारतमा कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ७ पुगेको हो ।कोरोना संक्रमित वृद्धको एक निजी अस्पतालमा उपचारको क्रममा आइतबार मृत्यु भएको हो । पहिलेदेखिनै मिर्गौला र दमका रोगबाट ग्रस्त उनीमा कोरोना संक्रमण रहेको पुष्टि भएको थियो । गुजरातमा मृत्यु हुने उनी पहिलो र भारतमा सातौं बिरामी हुन् ।कोरोनाबाट संक्रमित उनी रेलमार्फत दिल्ली, जयपुर हुँदै गुजरातको सूरत आएका थिए । भारतीय सञ्चारमाध्यमका अनुसार गुजरातमा पहिलो कोरोना पोजिटिभ केस गुजरातको सूरतबाट नै आएको थियो र पहिलो मृत्यु पनि सुरतमा नै भयो ।
यस्तै बिहारको राजधानी शहर पटनाको एम्स अस्पतालमा कतारबाट फर्किएका सैफ अली नाम गरेका ३८ वर्षीय पुरुषको ज्यान गएको छ । कोरोना संक्रमणबाट बिहारमा मृत्यु हुने उनी पहिलो व्यक्ति हुन् । दुबै मिर्गौला काम नलाग्ने भएका उनको शनिबार बिहान मृत्यु भएको थियो । उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो ।
भारतमा आइतबार जनता कर्फ्यू घोषणा गरी सर्वसाधारणलाई घर बाहिर ननिस्कन आग्रह गरिएको छ भने अहिलेसम्म ३४१ जना कोरोना संक्रमित भेटिएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया