‘सेन्टी भाइरस’ उत्रियो, हलमा ‘आमा’ को दबदबा
विदुर खबर
२०७६ फागुन ३० गते २१:१८
गएको फागुन ९ गतेबाट प्रदर्शनमा आएको हास्यकलाकार द्वय सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ अभिनीत फिल्म ‘सेन्टी भाइरस’ शुक्रवारबाट राजधानीमा सञ्चालित मल्टीप्लेक्सहरुबाट उत्रिएको छ ।तेस्रो हप्तासम्म हलमा टिकेको यो फिल्मलाई चौथो हप्ताबाट मल्टीप्लेक्सहरुले उतारेका हुन् । यसको कारण फिल्मको व्यापार दिनानुदिन कमजोर हुनुलाई मानिएको छ । प्रदर्शनको दुई दिन फिल्मले आक्रामक व्यापार गरेको थियो । तर, समीक्षकबाट मिलेको खराब प्रतिक्रियाले आइतवारबाट फिल्मले कमाईमा उछाल कायम गर्न सकेन । फिल्मको आम्दानीको ५० प्रतिशत भरतपुरमा निर्माणाधिन क्रिकेट रंगशालामा खर्च गर्ने घोषणा गर्दा पनि कमजोर ‘वर्ड अफ माउथ’ का कारण ‘सेन्टी भाइरस’ ले दुई दिनबाहेक हलमा दर्शक ल्याउन असफल भयो ।
यो फिल्म बक्सअफिसमा कमजोर बन्दाको प्रत्यक्ष फाइदा दीपेन्द्र के. खनालको फिल्म ‘आमा’ लाई मिलेको छ । चौथो हप्ताबाट ‘सेन्टी भाइरस’ मल्टीप्लेक्सहरुबाट उत्रिँदा ‘आमा’ ले भने आफ्नो दबदबा कायमै राखेको छ । यी दुई फिल्म एकसाथ मैदानमा उत्रिएका थिए । चौथो हप्तामा क्यूएफएक्स चेनमा ‘आमा’ ले ७ सोज पाएको छ । अघिल्लो हप्ता फिल्मलाई १६ सोज थियो । माउथ पब्लिसिटी तगडा भएका कारण यो फिल्म लामो रेसको घोडा बन्न सफल भएको हो । तर, संसारभर फैलिएको कोरोना भाइरसका कारण अहिले यो फिल्मले पनि दर्शकको राम्रो साथ पाउन सकेको छैन । डब्लूएचओले नेपाल कोरोनाको उच्च जोखिममा रहेको बताएपछि केही दिनयता हलमा दर्शकको उपस्थिति न्यून छ । जसको असर ‘आमा’ को व्यापारमा परेको छ ।
कोरोनाको त्रासका कारण यो हप्ता हलमा नयाँ नेपाली फिल्म छैनन् । आज शुक्रवारबाट फिल्म ‘म यस्तो गीत गाउँछु २’ आउँदै थियो । तर, कोरोनाकै कारण फिल्मको रिलिज स्थगित भयो । यद्यपि, शुक्रवारबाट नेपाली हलमा हलिउड फिल्म ‘ब्लड सट’ र बलिउड फिल्म ‘अंग्रेजी मिडियम’ प्रदर्शनमा आएका छन् । यी दुई फिल्मलाई शुक्रवार विहान दर्शकको औसत साथ मिलेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया