यूएईमा दुई नेपालीलाई कोरोना संक्रमण

विदुर खबर २०७६ फागुन २६ गते १९:३९

नुवाकोट । संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ । दुई नेपालीसहित १४ नयाँ संक्रमित भेटिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Advertisement

मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् । यस्तै दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक नागरिक छन् । यससँगै यूएईमा संक्रमितको संख्या ५९ पुगेको छ ।

यद्यपि उनीहरु मध्ये १२ जना निको भएर घर फर्किएका छन् । पाँच जना सोमबार मात्र घर फर्किएका थिए

Advertisement

प्रतिक्रिया