अर्को दशैंमा दीपकराज र रामबाबुबीच इगोको लडाईं !
विदुर खबर
२०७६ फागुन १९ गते २१:०६
दशैंको विदामा फिल्म प्रदर्शन गर्दा लगानी उठ्ने लगभग ग्यारेन्टीझैँ हुन्छ । दशैंमा लामो विदा हुने भएका कारण दर्शकको ठूलो भीड हलसम्म आउने सोचाइले नेपाली निर्माताबीच दशैं विदामा फिल्म प्रदर्शन गर्न हानाथाप हुने गरेको छ । यस वर्षको दशैंको घटस्थापना र फूलपातीमा पनि फिल्म प्रदर्शनका लागि ठूलो रस्साकस्सी भएको थियो । तर, कुनै फिल्मबीच भिडन्त भने भएन ।२०७६ सालले विदा पनि नमाग्दै अर्को वर्षको दशैंको फूलपातीका लागि ठूला ब्यानरले अहिलेदेखि नै फिल्मको प्रदर्शन मिति घोषणा गर्न थालिसकेका छन् । अहिलेसम्म दशैंको फूलपातीका लागि आधा दर्जन बढी फिल्मले प्रदर्शन मिति तोकिसकेका छन् । यसमा हिट फिल्मका सिरिज धेरै छन् । यीमध्ये तोकिएकै मितिमा चाहिँ कति फिल्म प्रदर्शनमा आउँछन् ? त्यो भने हेर्न बाँकी छ ।
महजोडीले निर्माण गर्ने फिल्म, ‘छक्का पन्जा ४’, ‘अल्लारे २’, ‘परदेशी २’, ‘ए मेरो हजुर ४’, र ‘प्रेम पूजा’ ले अर्को वर्षको दशैंलाई प्रदर्शन मिति तय गरेका छन् । अभिनेता अनमोल केसीले अभिनय गर्ने फिल्म ‘पारस’ पनि २०७७ सालको दशैंको फूलपातीमा प्रदर्शनमा आउने चर्चा छ । यो मितिमा सुपरहिट फिल्म ‘कबड्डी’ को चौथो श्रृंखला पनि आउने बलियो सम्भावना देखिएको छ ।
आइतवार फिल्म ‘सेन्टी भाइरस’ को ९ दिने कलेक्सन रिपोर्ट सार्वजनिक कार्यक्रममा उपस्थित भएका निर्देशक तथा निर्माता रामबाबु गुरुङले ‘कबड्डी’ को चौथो पार्ट अर्को वर्षको दशैंमा प्रदर्शनमा आउनसक्ने संकेत गरे । ‘कबड्डी ४’ दशैंमा आउने रैछ है ? भन्ने पत्रकारको प्रश्नमा उनले कुटनीतिक जवाफ दिँदै भने- ‘आउँछ कि क्या हो ! दशैंमा जुन फिल्म आएनी आइहाल्छ नी ।’
नेपाली फिल्म क्षेत्रमा दीपकराज गिरी र रामबाबु गुरुङको समुहलाई शक्तिशाली टिम भनिन्छ । यी दुई टिमबीच फिल्मको कमाईलाई लिएर बेला बखतमा वार चलिरहेको हुन्छ । गएको केही हप्ताअघि ‘कबड्डी ३’ ले १८ करोड कमाएको निर्माताले दाबी गरेपछि दीपकराजले फिल्म र निर्माताको नाम उल्लेख नगरी फेसबुकमा स्टाटस लेखेर गलत डाटा नदिन आग्रह गरेका थिए ।
यसपछि दीपकराज गिरी र रामबाबु गुरुङ समुहबीच अघोषित शितयुद्ध चलेको छ । यही इगोमा रामबाबुले अर्को वर्षको दशैंको फूलपातीमा ‘छक्का पन्जा ४’ सँग भिड्न ‘कबड्डी ४’ ल्याउने तयारीमा रहेको बुझिएको छ । अहिले उनी फिल्मको स्क्रिप्टमा व्यस्त छन् । सम्भवतः आउँदो जेठबाट फिल्मको छायांकन सुरु हुनेछ । ‘कबड्डी ४’ पछि यो फिल्मको सिरिज नबन्ने बताइएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया