नुवाकोटको बाघखोरमा सानिमा बैंकको शाखा स्थापना
बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरमा सानिमा बैंक लिमिटेडले शाखा स्थापना गरेको छ ।
शाखाको बुधवार नगरपालिकाका मेयर राजेन्द्रराण खनाल, प्रमुख प्रशासकिय अधिकृत लगायतले शाखाको संयुत्त रुपमा उद्घाटन गरेका छन । शाखाको उद्घाटन कार्यक्रममा बोल्दै बेलकोटगढी नगरपालिका मेयर राजेन्द्रराण खनाल गाउँमै बैंक आएपछि कारोवार गर्न सहज हुने विश्वास गर्नुभयो । मेयर खनालले नगरपालिकामा केन्द्रमा बैंक नहुँदा आर्थिक कारोवार असहज हुने गरेको भन्दै अबका दिनमा त्यस्तो समस्या झेल्न नपर्ने बताउनुभयो ।
यसअघि बेलकोटगढी नगरपालिकाको केन्द्रमा जाने भनेर सेन्चुरी कर्मसियल बैंकले राष्ट्र बैंकबाट अनुमति लिएपनि विविध कारण देखाउँदै सेन्चुरी बैंक नगरपालिकाको केन्द्रमा नगई रातमाटेमा नै शाखा संचालन गरि वसिरहेको छ ।
बाघखोरमा शाखा संचालन गरेसँगै नुवाकोटमा सानिमा बैंक लिमिटेडको शाखा संख्या चार पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














‘यो देशमा सरकार छैन’
आज दशैंको टीका, उत्तम साइत १०:२६ बजे
त्रिशूली नदी किनारमा शंकास्पद वस्तु नचलाउन प्रहरीको आग्रह
बट्टारमा ईभी माईक्रो र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु
आजको मौसम : बागमतीमा हल्का वर्षाको सम्भावना





प्रतिक्रिया