नुवाकोटको बाघखोरमा सानिमा बैंकको शाखा स्थापना
बाघखोर । नुवाकोटको बेलकोटगढी नगरपालिकाको केन्द्र बाघखोरमा सानिमा बैंक लिमिटेडले शाखा स्थापना गरेको छ ।
शाखाको बुधवार नगरपालिकाका मेयर राजेन्द्रराण खनाल, प्रमुख प्रशासकिय अधिकृत लगायतले शाखाको संयुत्त रुपमा उद्घाटन गरेका छन । शाखाको उद्घाटन कार्यक्रममा बोल्दै बेलकोटगढी नगरपालिका मेयर राजेन्द्रराण खनाल गाउँमै बैंक आएपछि कारोवार गर्न सहज हुने विश्वास गर्नुभयो । मेयर खनालले नगरपालिकामा केन्द्रमा बैंक नहुँदा आर्थिक कारोवार असहज हुने गरेको भन्दै अबका दिनमा त्यस्तो समस्या झेल्न नपर्ने बताउनुभयो ।
यसअघि बेलकोटगढी नगरपालिकाको केन्द्रमा जाने भनेर सेन्चुरी कर्मसियल बैंकले राष्ट्र बैंकबाट अनुमति लिएपनि विविध कारण देखाउँदै सेन्चुरी बैंक नगरपालिकाको केन्द्रमा नगई रातमाटेमा नै शाखा संचालन गरि वसिरहेको छ ।
बाघखोरमा शाखा संचालन गरेसँगै नुवाकोटमा सानिमा बैंक लिमिटेडको शाखा संख्या चार पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया