रसुवावासीले रसुवागढी र सान्जेनको सेयर पाउन यि प्रकृया पुरा गर्नुपर्ने
रसुवा । रसुवा जिल्लामा बाहिरी जिल्लाबाट बसाइँसराई गरेर आएकाले बसाइँसराईको अलवा अन्य प्रक्रिया पूरा गरे मात्र स्थानीय सेयर पाउने भएका छन् ।
जिल्लाको रसुवागढी र सान्जेन जलविद्युत् आयोजनाले जिल्लाबासीका लागि छुट्याएको सेयर निष्कासन प्रक्रिया अघि बढाएसँगै जिल्ला समन्वय समिति रसुवामा बसेको सर्वपक्षीय बैठकले सो निर्णय गरेको हो ।
रसुवागढी हाइड्रोपावर कम्पनी दर्ता भएको मिति २०६८ साउन १७ र सान्जेन जलविद्युत् कम्पनी दर्ता भएको मिति २०६६ माघ १८ गते भन्दा पछि सेयर निष्कासनका लागि विवरणपत्र स्वीकृत मितिसम्म अन्यत्र जिल्लाबाट आएकाले थप प्रक्रिया पूरा गरेको हुनुपर्ने भएको हो ।
बसाइँसराई गरी आएको, घर टहरा बनाई स्थायी रूपमा बसोबास गरिरहेको, धारा बिजुली जोडिएको, उमेर पुगेकाको हकमा मतदाता नामावलीमा नाम दर्ता भएको एकीन गरी सम्बन्धित वडा कार्यालयले प्रदान गर्ने सिफारिस पत्र पेस गरेमा मात्र आवेदन दिन पाउने निर्णय गरिएको हो ।
जिल्लाबासीका लागि रसुवागढीले ६८ लाख ४२ हजार सय कित्ता र सान्जेनले ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्दै छ । त्यसैगरी कम्पनीहरूले जिल्लाबासीका लागि सेयर निष्कासन गर्नका लागि अति प्रभावित, प्रभावित, सामान्य प्रभावित तथा जिल्लाबासी भनेर वर्गीकरण गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया