कोरोना भाइरसको संक्रमण रोक्न रसुवागढी नाका १५ दिन बन्द गरिने
रसुवा । बुधबारदेखि उत्तरी रसुवाको रसुवागढी नाका बन्द गरिने भएको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी नायव उपरिक्षक ईन्द्र प्रसाद सुवेदीका अनुसार मंगलबार बिहान रसुवागढीमा नेपाल प्रहरी शसस्त्र प्रहरी र अध्यागमन कार्यालय र चिनियाँ प्रहरीबीच बसेको बैठकले बुधबारबाट नाका बन्द गर्ने निर्णय गरेको हो ।
दुवै देशका अधिकारीबीच बसेको बैठकले कोरोना भाइरसको संक्रमण रोक्न केरुङ तर्फ जाने सडकमा हिउँ परेको हुनाले र ढुङ्गाहरु खस्ने भएका कारण दुर्घटना हुने सम्भावना रहेको र ल्होसार पर्वको कारणले नाका बन्द गरिएको शसस्त्र प्रहरी सिमा सुरक्षा २१ नम्बर गुल्मका गुल्मपति लक्षमण थापाले बताउनु भयो ।
चाइना पास लिएका रसुवाका नागरिक नाका पारी मात्र जान पाउने र त्यहाँ रहेका अध्यागमन कार्यालय भन्सार लगाएतका कार्यालय भने खुला रहने छन । केरुङ जान गाडी र मानिसलाई १५ दिन रोक लगाइएको हो । नाका पारी भने जान पाइने गुल्मपति थापाले बताउनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सुशासन र समृद्धिको आकांक्षा सम्बोधन गर्ने बजेट आयो : सञ्चारमन्त्री डा.तिमिल्सिना
सरकारी कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि
दुप्चेश्वरको एक सामाजिक संस्थालाई खड्काको सहयोग
आज १९ औँ गणतन्त्र दिवस, देशभर भव्य रूपमा मनाइँदै
गुर्जेभन्ज्याङमा ईभी कार र्दुघटना, तीनजना घाइते





प्रतिक्रिया