लिखु गाउँपालिकाको वडा १ मा वृहत सरसफाई कार्यक्रम शुरु
ढिकुरे । नुवाकोटको लिखु गाउँपालिका वडा नम्बर १ मा वृहत सरसफाई कार्यक्रम शुरु गरिएको छ ।
वडा स्तरीय खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति वडा नम्बर १ को आयोजना तथा लिखु गाउँपालिका र युएन ह्याबिट्याटकको सहयोग तथा डिकोन नेपाल र डिभाईन यूथ क्लवको सहजीकरणमा सरसफाई कार्यक्रम शनिबारबाट शुरु भएको हो । लिखुलाई नमुना बस्तीको रुपमा विकास गर्न कार्यक्रम संचालन गरिएको गाउँपालिकाका उपाध्यक्ष रोजिना राईले जानकारी दिए । लिखुको फोहोर ब्यवस्थापन गर्न डम्पीङ साईटको लागी जग्गा ब्यवस्थापनमा लिखु गाउपालिका लागि परेको उपाध्यक्ष राईले बताए ।
त्यस्तै लिखु गाउपालिका वडा नं १ का वडाअध्यक्ष नरहरी पाण्डेले र वडा नं ३ का वडाअध्यक्ष भोलाप्रसाद र सेडाईले आफ्नो घर वरपरको सरसफाई अरुले एकदिन गरेर नहुने भन्दै लिखुलाई नमुना बनाउनको लागी सबै एकजुट भए। लाग्नुपर्ने बताए । लिखुको मुहार परिबर्तन गर्नको लागी अरुको मुख ताक्न नहुने वडाध्यक्षद्धयले उल्लेख गरे । यस्तै लिखु गाउँपालिकाका स्वास्थ संयोजक भिम रोक्काले स्वास्थ्य र सरसफाई नङ र मासुजस्तै एक अर्कामा सम्बन्धित रहेकोले गाउँपालिकाको विभिन्न स्थानमा सरसफाई कार्यक्रम शुरु गरिएको बताए । उनले गाउँपालिकाको सरसफाईको लागि विभिन्न शैक्षिक, सामाजिक संघसंस्था एकजुट भएर लाग्नुपर्ने बताए ।
लिखु १ मा सरसफाई सुरुवात भएको र यसलाई साप्ताहिक कार्यक्रमको रुपमा अगडी बढाउने डिभाईन यूथ क्लवका अध्यक्ष लक्ष्मण लामिछानेले जानकारी दिए । कार्यक्रममा सरकारी कार्यालयका प्रमुखहरु, ढिकुरे प्रहरी चौकीका प्रहरी, वडा स्वास्थ्य स्वयसेविकाहरुको उपस्थिति रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया