अबदेखि धादिङका मालवाहक गाडीले यात्रु चढाएमा कारबाही गरिने
धादिङ । जिल्लामा यात्रु बाेक्नुनपर्ने गाडीहरुमा यात्रु बाेकेकाले दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालयले बुधबार धादिङबेसीमा यातायात व्यवसायी, प्रहरी र नागरिक समाजसँग छलफल गरेको छ ।
जिल्ला प्रशासनले गरेको छलफलपछि सिटभन्दा बढी यात्रु चढाउने, मालवाहक गाडीले यात्रु चढाउने गरेमा अबदेखि जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरी कारबाही गर्ने सहमति भएको छ । सवारी चालकले जाँडरक्सी खाएकाे पाइएमा त्यस्ता सवारी चालकलाई अबदेखि जरिबाना नभइ प्रहरीले हिरासतमा राखेर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ ।
बीमा नभएका गाडी सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने, ब्लुबुकमा जुन प्रयोजन भनिएको छ त्यसैअनुसार गाडी चलाउने, प्रदूषण पास नभएका गाडी चलाउनमा रोक लगाउने, सामान ढुवानी गर्दा गाडीकाे बाहिर निस्कनेगरी सामग्री राख्न नपाइने निर्णय गरिएको छ ।ट्राफिक प्रहरीहरुले सवारी चालक र यात्रुहरुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइम कार्डकाे व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातको लागि विशेष सांकेतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रुसंख्याभन्दा बढी यात्रु राखेमा कारबाही गर्ने निर्णय गरेको छ ।
जिल्लाको प्रमुख तिर्थस्थल ढोला मण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्ण रुपमा बन्द गर्ने सहमति पनि गरिएको छ । प्रमुख जिल्ला अधिकारीले संयोजन गर्नुभएको सरोकारवालाहरुको बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह
नुवाकोट,रसुवा र धादिङका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त 





प्रतिक्रिया