अबदेखि धादिङका मालवाहक गाडीले यात्रु चढाएमा कारबाही गरिने
धादिङ । जिल्लामा यात्रु बाेक्नुनपर्ने गाडीहरुमा यात्रु बाेकेकाले दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालयले बुधबार धादिङबेसीमा यातायात व्यवसायी, प्रहरी र नागरिक समाजसँग छलफल गरेको छ ।
जिल्ला प्रशासनले गरेको छलफलपछि सिटभन्दा बढी यात्रु चढाउने, मालवाहक गाडीले यात्रु चढाउने गरेमा अबदेखि जिल्ला प्रहरी कार्यालयले मुद्धा दर्ता गरी कारबाही गर्ने सहमति भएको छ । सवारी चालकले जाँडरक्सी खाएकाे पाइएमा त्यस्ता सवारी चालकलाई अबदेखि जरिबाना नभइ प्रहरीले हिरासतमा राखेर कारबाही गरिने प्रमुख जिल्ला अधिकारी असमान तामाङले बताउनुभएको छ ।
बीमा नभएका गाडी सञ्चालनमा पूर्ण रुपमा रोक लगाउने, ब्लुबुकमा जुन प्रयोजन भनिएको छ त्यसैअनुसार गाडी चलाउने, प्रदूषण पास नभएका गाडी चलाउनमा रोक लगाउने, सामान ढुवानी गर्दा गाडीकाे बाहिर निस्कनेगरी सामग्री राख्न नपाइने निर्णय गरिएको छ ।ट्राफिक प्रहरीहरुले सवारी चालक र यात्रुहरुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइम कार्डकाे व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातको लागि विशेष सांकेतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रुसंख्याभन्दा बढी यात्रु राखेमा कारबाही गर्ने निर्णय गरेको छ ।
जिल्लाको प्रमुख तिर्थस्थल ढोला मण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्ण रुपमा बन्द गर्ने सहमति पनि गरिएको छ । प्रमुख जिल्ला अधिकारीले संयोजन गर्नुभएको सरोकारवालाहरुको बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रबिन्द्र रेग्मी, ट्राफिक प्रहरी प्रमुख, यातायात व्यवसायी र नागरिक समाजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया