सुदूरपश्चिममा हिमपात, जनजीवन कष्टकर बन्दै
विदुर खबर
२०७६ पुष २४ गते ९:५२

गएकाे मङ्गलबादेखि मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिमकाे पहाडी तथा हिमाली क्षेत्रमा फेरि हिमपात भएको छ ।
हिमपात भएसँगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । डोटीकोे खप्तडमा पर्ने झिगराना, गोलादेउ, पानीखाल, नापानी, शिखर, गोवडालेक, बडीकेदारथान लगायतका उच्च पहाडी क्षेत्रमा हिमपात भएकाे हाे ।
हिमपातका कारण चिसो बढेपछि गाईवस्तु चराउन समस्या भएको खप्तड क्षेत्रसँगै सिमाना जोडिएको पूर्वीचौकी गाउँपालिकाका जोगीसिंह विष्टले बताउनु भयो । उहाँले भन्नुभयो, ‘हिमपातका कारण गाईवस्तु चर्ने ठाउँ हिउँले ढाकेकाे छ, गाईवस्तु गोठबाहिर निकाल्न समेत समस्या भएको छ ।’
सम्बन्धित
प्रतिक्रिया