अस्ट्रेलियामा लागेको आगो नियन्त्रणभन्दा बाहिर
अस्ट्रेलियामा गएको तीन महिनादेखि लागेको आगो नियन्त्रणभन्दा बाहिर गएको छ । भिक्टोरिया राज्य अन्तर्गतको पूर्वी गिप्पस्ल्याण्डमा भएको आगलागीका कारण धुँवा, मुस्लो र खरानीले जनजीवन प्रभावित भएको छ ।
आगो नियन्त्रणका लागि सक्दो सहयोग र मद्दत गर्न अपिल गरिएको छ । घना जंगल, झरेका पात, सुकेका रुख तथा तीव्र वेगको हावाका कारण आगो अनियन्त्रित भएको बीबीसीले जनाएको छ ।
डढेलोका कारण ५० करोड वन्यजन्तुहरु मारिएको पर्यावरणविद्हरुले दाबी गरेका छन् । उनीहरुले डढेलोका कारण संरक्षित एवं लोपन्मुख वन्यजन्तुहरु विनाशको अवस्थामा पुगेको पनि बताएका छन् । आगलागीमा परेर २४ जनाको ज्यान गइसकेको छ ।
गएको सेप्टेम्बरदेखि सुरु भएको आगलागीले अहिलेसम्म १ करोड ४० लाख बढी हेक्टर क्षेत्रफल प्रभावित भइसकेको छ । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यो आगलागी अझै केही महिना नियन्त्रणमा लिन नसकिने बताउनु भएको छ ।
आगो नियन्त्रणका लागि थप ३ हजार सुरक्षाकर्मी खटिएका पनि उहाँले बताउनु भएको छ । तटीय क्षेत्रमा भएको आगलागीका कारण हजारौँ नागरिक भागेर समुद्रको किनारमा शरण लिन पुगेका छन् । आगलागी भएको क्षेत्रको तापक्रम औसतमा ४० डिग्री सेल्सियस रहेको त्यहाँ अधिकारीले बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया