गाई काटेर खाने वा नखाने प्रश्न ठूलो हैन : डा. कोइराला
काठमाडौँ, १३ चैत – नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले युरोपियन युनियनको प्रतिवेदन जातीय द्वन्द्व बढाउने उद्देश्यबाट आएकाले यसको विरोध गर्नुपर्ने बताएका छन् ।
वसन्तश्रीद्वारा लिखित पुस्तक ‘यार्सा’ को विमोचन कार्यक्रममा उनले जातीय युद्ध निम्त्याउने षड्यन्त्रबाट इयुले प्रतिवेदन तयार गरेकामा यसप्रति सबैलाई चनाखो बन्न आग्रह गरे ।
नेता डा. कोइरालाले आर्थिक अवस्था कमजोर भएका खस, आर्यलाई पनि आरक्षणको कुरा गरिएको बताउँदै गाई काटेर खाने वा नखाने प्रश्न ठूलो नभए पनि राष्ट्रिय जनावार भएकाले काट्न नहुने धारणा व्यक्त गरे ।
“प्रदेशदेखि केन्द्रसम्म कम्युनिष्टकै बहुमत छ, तर पनि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ, शक्ति पृथकीकरणको बेवास्ता गरिँदैछ,” उनले भने , “प्रधानमन्त्रीले राज्यका अंगलाई अलग बनाएर निरंकुशताको अभ्यास गरिरहेको छ”
नेता डा. कोइरालाले सरकारले अब विस्तारै मिडियामाथि निगरानी बढाउन सक्ने आरोप पनि लगाए ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाही, प्रा डा प्रेम शर्मा, डा. नारायण गड्तौला, डा दीपेन्द्र रोकाया, समाजसेवी वसन्ती शाहीलगायतले पुस्तकले हुम्लाको मात्र नभएर भाषा र संस्कृतिलाई उजागार गरेको बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












अब राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी प्यान नम्बर आफैँले लिन सकिने
दुर्गा प्रसाईं पक्राउ
एनपीएलको उद्घाटन खेलमा काठमाडौं गोर्खाज विजयी
एनपीएलको दोस्रो संस्करण आजबाट सुरु हुँदै
बागमती प्रदेश सभापतिलाई रास्वपाले सोध्यो स्पष्टीकरण





प्रतिक्रिया