पेट्रोल, डिजेल र मट्टितेलको भाउ बढ्यो
नुवाकोट । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँ वृद्धि गरेको छ।
निगमले बुधबार विज्ञप्ति जारी गर्दै पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको जनाएको हो। हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावतै रहेको जनाइएको छ। नयाँ मूल्य पुस १६ गते रातिदेखि नै लागू हुने निगमले जनाएको छ। मूल्य समायोजनपछि पेट्रोलको मूल्य काठमाडौं, सुर्खेत र दिपायलमा प्रतिलिटर १११ रुपैयाँ र पोखरा र दाङमा प्रतिलिटर ११० रुपैयाँ ५० पैसा तथा अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगरधनुषा, वीरगन्ज, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी) मा १०९ रुपैयाँ ५० पैसा कायम गरिएको निगमले जनाएको छ।
यस्तै, डिजेलरमट्टितेलको खुद्रा बिक्री मूल्य काठमाडौं (थानकोट), सुर्खेत र दिपायलमा १०० प्रतिलिटर, पोखरा, दाङ्गमा ९९.५० प्रति लिटर र अन्य तराई क्षेत्र (चारआली, विराटनगर, महेन्द्रनगर धनुषा, विरगञ्ज, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी) मा ९८.५० प्रति लिटर कायम गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया