शुभ–प्रभात बचत तथा ऋण सहकारीको १२औ साधारणसभा सम्पन्न
इन्द्रचोक । विदुर नगरपालिका वडा नम्बर २ मा रहेको शुभ–प्रभात बचत तथा क्रृण सहकारी लिमिटेडको १२ औ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
साधारणसभामा वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै सहकारीका अध्यक्ष महेन्द्रलाल श्रेष्ठले आर्थिक वर्ष २०७५÷७६ मा संस्थाको सम्पुर्ण खर्च कटाई सहकारीले ३६ लाख ६४ हजार ७ सय ८० रुपैँया बचत गरेकोे बताए । त्यस्तै सहकारीका कोषाध्यक्ष रामराजा श्रेष्ठले सहकारीको निति तथा कार्यक्रम प्रस्तुत गर्दै आर्थिक वर्ष २०७५÷७६ को लेखा परिक्षण प्रतिवेदन तथा तथा आव २०७६÷७७ को अनुमानित आय व्ययको बारेमा जानकारी दिँदै आगामी वर्ष विदुर नगरपालिका वडा नम्बर २ को मुख्य बजार क्षेत्रमा आफ्नै भवन निर्माण गर्ने बताए । साथै सहकारीको सेवालाई थप प्रभावकारी र विश्वसनिय बनाउन कार्यलयमा सिसिटिभी जडान तथा नगद रुपैयाँ गन्ने मेसिनको जडान गर्न लागेको बताए ।
साधारणसभामा २०७५ सालको एसइई परिक्षा उत्र्तिण गर्ने विद्यार्थीहरुलाई सम्मानित समेत गरिएको छ । सम्मानित हुने विद्यार्थीहरुमा मनोज श्रेष्ठ, अभिषेक आचार्य र रोजिना विश्वकर्मा रहेका छन । त्यस्तै सहकारीले भैरवी माविबाट एसइईमा उत्कृष्ट नतिजा ल्याएको भन्दै निश्चल रिमाललाई सम्मान गरेको छ । यस्तै सहकारीले उत्कृष्ट बचतकर्ताको रुपमा विदुर नगरपालिका वडा नम्बर २ का रामकुमारी शाहीलाई सम्मान गरेको छ ।
कार्यक्रममा विदुर नगरपालिका वडा नं २ का वडाअध्यक्ष विरेन्द्र कुमार शाहीले सरकारले सहकारीहरुमा एकभन्दा बढी शेयर होल्डिङ भएको अवस्थामा मर्ज गर्ने प्रावधान ल्याएको भन्दै वडा नम्बर २ मा रहेको सहकारीहरुले मर्ज गर्नुपर्ने बताए । वडाअध्यक्ष शाहीले सहकारीले दरबार क्षेत्रमा निर्माण भएका सम्पदा गाउँ निर्माणमा न्युन मात्रामा ब्याज दिएको भन्दै खुशी व्यत्त गरे । उनले सहकारीले आफ्नै भवन निर्माणको तयारी गरिरहेको भन्दै नगरपालिकाले सहकारीको भवन निर्माणको लागि अनुदान दिएकोले त्यसको लाभ उठाउन आग्रह गरे ।
कार्यक्रममा नेपाल सुनचादी तथा कला व्यवसायी संघका अध्यक्ष केशर सेन्चुरीले सहकारीले स्थापनाको केही वर्षमै राम्रो सफलता हात पारेको भन्दै खुशी व्यत्त गरे । उनले सरकारले सबै बैक तथा वित्तिय संस्थाहरुलाई सामाजिक सुरक्षा कोषमा सूचिकृतको लागि आग्रह गरेको भन्दै सहकारीहरु पनि त्यसमा समावेश भएर सरकारको अभियानलाई सघमउनुपर्ने बताए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया