भ्रष्टाचारविरुद्धको कार्ययोजना निर्माण गर्दै प्रदेश ३ सरकार
प्रदेश ३ का प्रमुख सचिव तोयम रायले प्रदेश सरकारको भ्रष्टाचार विरुद्धको कार्ययोजना निर्माण कार्य प्रारम्भ भएको जानकारी दिनुभएको छ ।
प्रमुख सचिव रायले प्रदेश सुशासन ऐन तर्जुमाको चरणमा रहेको तथा स्थानीय तहबाट सम्पत्तिको विवरण लिएर राखिएको बताउनुभयो । भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाद्वारा आयोजित कार्यक्रममा प्रदेश सरकारका तर्फबाट भ्रष्टाचार नियन्त्रणका लागि भएका र हुन गइरहेका गतिविधिका बारेमा प्रस्तुतीकरण गर्दै प्रमुख सचिव रायले खरिद प्रक्रियालाई चुस्त–दुरुस्त र पारदर्शी बनाउन सरकारले सार्वजनिक खरिद नियमावली, २०७६ स्वीकृत गराइसकेको जानकारी दिनुभयो ।
उहाँले सरकारले सम्पादन गर्ने कार्यहरुको जानकारी आदानप्रदान गरी गुणस्तरीय सेवा प्रवाह गर्ने तथा पारदर्शिता अभिवृद्धि गर्नका लागि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘फलो अप डेस्क’ निर्माण भइरहेको, सोही कार्यालयमा ‘स्मार्ट कक्ष’ र ‘डिजिटल डिस्प्ले’ जडान गरिएको, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्यान्वयन चरणमा रहेको, कार्य सम्पादनका लागि आवश्यक ऐनहरुको निर्माण गरेको बताउनुभयो । कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रमुख शिवकुमार कार्कीले आर्थिक वर्ष २०७६÷७७ को प्रथम चार महिनामा मात्र अख्तियारमा १५ हजार १६० वटा उजुरी परेको जानकारी दिनुभयो । उहाँका अनुसार उजुरी परेकामध्ये पाँच हजार ७४४ वटा उजुरीको फछ्र्याैट गरिएको छ भने १३८ वटा उजुरीको छानबिनका क्रममा त्रुटि देखिएकाले मुद्दा दर्ता गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया