सुन्धाराको आगलागीमा २ जना घाइते, वीर अस्पतालमा उपचार हुँदै
विदुर खबर
२०७४ चैत ७ गते १५:०७
काठमाडौं, ७ चैत– काठमाडौं महानगरपालिकाको कार्यालय रहेको सुन्धारा बागदरबार क्षेत्रमा आगलागी भएको छ । महानगरपालिका कार्यालय छेउमा रहेको सालिमार रेस्टुरेन्टसँगैकाे गुलाव मिठाइ पसलबाट आगो लागेको हो ।
आगलागीमा २ जना घाइते भएका छन् । महानगरीय प्रहरी बृत्त जनसेवाका अनुसार सालिमार रेस्टुरेन्टमा सेक्युरिटी गार्डको रुपमा कार्यरत दुईजना घाइते भएका हुन् ।
घाइते हुनेमा १ जना पुरुष र १ महिला रहेको प्रहरीले जनाएको छ । उनीहरुको वीर अस्पतालमा उपचार भइरहेको छ ।
६ः२० देखि शुरु भएको आगलागी अहिलेसम्म नियन्त्रणमा आइसकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका सहित जुद्ध वारुण यन्त्रका दमकल परिचालन गरिएको छ ।
नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे





प्रतिक्रिया