जलेको ९ दिनपछि उपचार
सुर्खेत — आगोले जलेर घाइते भएका एक बालकको उद्धार गरिएको छ । पश्चिम सुर्खेतको चौकुने गाउँपालिका ९ घाटगाउँका ६ वर्षीय निरज नेपालीलाई उद्धार गरी अस्पताल भर्ना गरिएको हो ।
कर्णाली प्रदेशसभाकी सांसद पद्मा खड्काको पहलमा बालकलाई बुधबार मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि ल्याइएको हो । सांसद खड्काले बालकको सम्पुर्ण उपचार खर्च व्यहोर्ने बताइन् ।
गत फागुन २९ गते सलाई खेलाउने क्रममा आगो सल्किदा निरजकी ४ वर्षीय बहिनी अनुषाको ज्यान गएको थियो भने उनी घाइते भएका थिए । आगोले निरजको हात, मुख र खुट्टाको तल्लो भाग जलेको छ ।
आर्थिक अभावका कारण निरजका बाबुआमाले उपचारकालागि अस्पतालसम्म ल्याउन नसकेको बताए । ‘अस्पतालमा नि:शुल्क उपचार हुने भएपनि बाटो खर्च नहुँदा ल्याउने आँट गरेनौं’ आमा अमृताले भनिन् ।
सांसद खड्कासँगै पत्रकार दीपक बुढा र व्यवसायी निरक वलीले नि:शुल्क उपचारबाहेक लाग्ने अतिरिक्त खर्च व्यहोर्ने भएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना
रसुवागढी भन्सारले ९ महिनामा ६ अर्ब ४२ करोड राजस्व सङ्कलन गर्याे





प्रतिक्रिया