चितवनका तीनवटै वडामा नेकपाका उम्मेदवार पराजित
विदुर खबर
२०७६ मंसिर १५ गते ८:१६
चितवन — वडाध्यक्षका लागि उपचुनाव भएका चितवनका तीनवटै वडाहरुमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उम्मेदवारहरु पराजित भएका छन् । ती तीनवटा वडाहरुमा अघिल्लो पटक दुई वटामा नेपाली कांग्रेस र एउटामा तत्कालीन नेकपा (एमाले) का उम्मेदवार विजयी भएका थिए । अहिले सबै तीनवटै वडामा कांग्रेसका उम्मेदवारहरु जितेका छन् ।
भरतपुर महानगरपालिका–१६ नेकपाले गुमाएको छ । स्थानीय तह निर्वाचनमा तत्कालीन एमालेले प्यानल नै जितेको यो वडामा वडाध्यक्ष चर्तुमान गुरुङको क्यान्सरका कारण निधन भएपछि उपचुनाव भएको हो । तर पार्टी एकीकरणपछि पनि नेकपाले यो वडा जोगाउन सकेन । यो वडा नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको निर्वाचन क्षेत्र चितवन–३ अन्तर्गत पर्दछ ।
दाहालले मंसिर ९ मा भरतपुर–१६ को चुनावी सभालाई सम्बोधन गरेर मत मागेका थिए । तर निर्वाचनमा कांग्रेसका अमृत हमालसँग नेकपाका उम्मेदवार भक्तराज हमाल पराजित भए । असोज ३० र कात्तिक २६ मा सदरमुकाम भरतपुरमा आयोजित पार्टीको कार्यक्रममा अध्यक्ष दाहालले पार्टीको आन्तरिक समस्या, अनुशासनहिनता र गुटबन्दीप्रति चिन्ता जाहेर गर्दै एक भएर पार्टीका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका थिए ।
उपनिर्वाचन भएका अन्य दुई स्थान खैरहनी नगरपालिकाको वडा नम्बर ४ र ५ मा यसअघि कांग्रेसका उम्मेदवारहरु विजयी भएका थिए । सवारी दुर्घटनामा दुवैजना वडाध्यक्षहरुको निधनपछि भएको उपनिर्वाचनमा पनि कांग्रेसकै उम्मेदवारहरु विजयी भए । खैरहनी–४ मा कांग्रेसका देवबहादुर बस्नेतसँग नेकपाका बेदबहादुर अधिकारी पराजित भएका छन् ।
खैरहनी–५ मा कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका पुननारायण प्रधानलाई हराएकी हुन् । खैरहनी नेकपाका अर्का प्रभावशाली नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको निर्वाचन क्षेत्र चितवन–१ अन्तर्गत पर्ने नगरपालिका हो । पाण्डे चुनावी अभियानमा निकै सक्रिय भएर लागेका थिए । तर पार्टी एकीकरणपछिको अवस्थामा पनि यी वडामा नेकपाले विजयी हासिल गर्न सकेन ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया