बेलकोटगढीको महादेव बहुमुखी क्याम्पस निर्माणको लागि एक रोपनी जग्गा दान
विदुर । बेलकोटगढी नगरपालिका वडा नम्बर ७ रातमाटे महादेवफाँटमा रहेको महादेव बहुमुखी क्याम्पसलाई स्थानीय बोधप्रसाद न्यौपानेले एक रोपनी जग्गा दान गरेका छन ।
क्याम्पसको भवन निर्माण गर्नलाई आर्थिकसँगै भौतिक सम्पतीको अभाव भएकोले त्यस अभावलाई परिपूर्ति गर्न न्यौपानेले मालपोत कार्यलयमा आएर आफ्नो नाममा भएको जग्गा क्याम्पसको नाममा नामसारी गरिदिएका हुन । शिक्षा समाज र राष्ट्रको अभिन्न अंग भएकोले भौतिक संरचनाकै कारण शिक्षालयहरुले समस्या झेल्न नपरोस् भनेर क्याम्पसलाई जग्गा दान गरिएको न्यौपानेको भनाई छ । क्यापसलाई उपलव्ध गराइएको जग्गा सरकारी मूल्य अनुसार ग्रामीण सडकले छोएको हुनाले ८ लाख ५० हजार रुपैयाँ बराबर रहेको क्याम्पस प्रमुख शंकर नेपालले जानकारी दिए ।
क्याम्पसको आर्थिक अवस्था कमजोर रहेकोले सम्पती अभियान सञ्चालन गरिएको क्याम्पस प्रमुख शंकर नेपालले बताए । क्याम्पसको भवन निर्माण गर्नको लागी आर्थिक सहयोग जुटे पनि भवन बनाउने जग्गा नहुदा समस्या पर्ने गरेकोले सम्पती अभियान सुरु गरिएको उनले बताए । विसं. २०६९ सालमा स्थापित क्याम्पसमा रातमाटे, दुइपिपल, तारुका, बुधसिङ, जिलिङका विद्यार्थीहरु अध्ययन गर्न जाने गरेका छन् । क्याम्पसमा शिक्षा संकाय र वाणिज्य संकाय अध्यापन हुदै आइरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया