५८ किलो चरेससहित ५ जना पक्राउ
विदुर खबर
२०७६ मंसिर १ गते २१:२९
बर्दियाको गुलरिया नगरपालिका–७ भन्सारको बाटोमा ५८ किलो चरेससहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा आइतबार उनीहरुलाई पक्राउ गरिएको प्रहरी सहायक निरीक्षक सुनिल बस्यालले बताए।बस्यालसहितको टोलीले गस्ती गर्दै जाने क्रममा शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा झोलाभित्र लुकाइछिपाइ राखेको ५८ किलो चरेसका साथै ३२ हजार ५ सय ९८ रुपैयाँ नगद र ५ थान मोबाइल बरामद गरेको हो।
चरेश बरामद गरेलगत्तै पाँचैजनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक रामशङ्कर कोहरले जानकारी दिए।-रासस
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया