नेकपा प्रदेश ३ को सचिवालयमा नुवाकोटका छ जना परे
नुवाकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ३ नंं. प्रदेश संगठन कमिटीको टुङ्गो लागेको छ । २१९ सदस्यीय प्रदेश कमिटीमा ७३ सदस्य सचिवालय गठन गरिएको छ ।
सचिवालयमा चितवन जिल्लाबाट अध्यक्ष नारायण दाहाल सहित ८ सदस्य छन् भने दोलखाबाट सचिव आनन्द प्रसाद पोखरेल सहित ४ सदस्यहरु रहेका छन् ।सचिवालयमा नुवाकोटका ६ जना नेताहरु परेका छन । सचिवालय नुवाकोटबाट परेका नेताहरुमा जिल्ला अध्यक्ष हिरानाथ खतिवडा, सचिव नारायणप्रसाद खतिवडा सांसद केशव पाण्डे, राजेन्द्र प्रकाश लोहनी र रामप्रसाद ढुङ्गाना र पुष्प लामिछाने रहेका छन ।
प्रदेश भरीका सचिवालय सदस्यहरु हेर्दा सवैभन्दा बढी चितवनमा ९ जना र सवैभन्दा कम सिन्धुली र रसुवामा ३/३ जना रहेका छन् । प्रदेशका १३ जिल्ला मध्ये अन्य जिल्लाहरुमा काभ्रे ८, सिन्धुपाल्चोक ७, धादिङ, मकवानपुर ६/६, दोलखा, भक्तपुर, ललितपुर ५/५, रामेछाप ४ रहेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौंको तारकेश्वरमा नुवाकोटकी पौडेलको ३४ लाख चोरी





प्रतिक्रिया