नुवाकोटको कोल्फुखोला दोहनमा जनप्रनिधि र प्रहरीको मिलेमतो
नुवाकोट । नुवाकोट कोल्फुखोलामा तीब्र रुपमा दोहन भईरहेको छ ।
कोल्फुुखोलाको अबैध दोहनमा स्थानीय प्रहरीको मिलेमतो र स्थानीय जनप्रतिनिधिले पनि मौनता देखिएकाले मोटो रकमको चलखेल भएको स्थानीयको आरोप छ । आफुलाई सत्तारुढ नेकपाको कार्यकर्ता बताउने भिमसेन विडारी र अनुज पुडासैनीले नुवाकोट जिल्लाको कोल्फुखोलाको किनारामा अवैध रुपमा बालुवा उत्खन्न कार्य तीब्र रुपमा सञ्चालन गरेका छन् । कुमरीलाई जिल्लामा माओवादीको प्रभाव क्षेत्र मानिन्छ ।
माओवादी नेताहरुको आडमा सत्ता र शक्तिको दुरुपयोग गर्दै अवैध कार्य जारी राखको स्थानीय जनताको आरोप रहेको छ । स्थानीय रामबहादुर तामाङले टेलिफोन सम्पर्कमा भने, सर कोल्फु खोलाको ठूलोे बगर क्षेत्रमा अवैध रुपमा बालुवा उत्खन्न् भईरहँदा नगरपालिका र प्रहरीको नियमनकारी निकाय मौन रहेको छ । यो मिलेर खाने दाउ त होईन भन्ने स्थानीय जनतालाई लागेको छ तामाङले भने । बेल्कोटगढी नगरपालिले यो बर्ष अबैध रुपमा उत्खनन गरेको नदीजन्य पदार्थको लिलामी बिक्रिको सुचना जारी गरेको भए पनि सो क्षेत्रमा तस्करलाई सुनपानी छर्कर्ने उपायको रुपमा लिलामिलाई स्थानीयले लिएका छन् ।
यो बर्ष नगरपालिकाले नगर क्षेत्रको कोल्फुखोला र त्रिशुली नदी किनारमा रहेका अबैध बालुवा उत्खनन्लाई लिलामी बिक्रिको बोलपत्र आब्हान गरिए पनि कुमरी क्षेत्रमा भएको अवैध उत्खनन् बारे नगरपालिका र प्रहरी मौन रहनुलाई मिलेमतोको रहेको स्थानीइ बताउँछन् । नगरपालिकाले अधिक मात्रामा नदी दोहन गर्नेहरुलाई राजनीतिक आस्था र पहुँचको आधारमा छुट दिएको स्थानीयको गुनासो रहेको छ ।
नगरपालिकाले कतिपय बालुवा तस्करको अवैध उत्खननलाई वैध बनाउन लिलामि बिक्रिको अबधारणा ल्याए पनि अवैध रुपमा खोला उत्खनन् र नदी जन्य पदार्थको दोहन गर्ने तस्करलाई सुनपानी छर्कन लिलामि बिक्रिको अवधाराणा ल्याईएको स्थानीयको आरोप छ । नगरपालिकाका पदाधिकारीले मोटो रकम लिएर कोल्फुखोलाको कुमरी क्षेत्रमा दोहान गर्ने छुट दिएको एक बालुवा व्यापारी रामप्रसाद नेपालले बताएका छन् । अन्य क्षेत्रका व्यापारीलाई लिलामी र करको हैरानी तर कुमरी र कोल्फु खोलाको व्यापारीलाई छुट किन ? उनले भने, बालुवा व्यापारीहरुलाई राज्यले करको दायरामा ल्याएकोले उनीहरुले निर्वाधरुपमा व्यापार व्यवासाय गर्न पाउनु पर्ने जिकीर गरेका छन् ।
हेर्नुहोस लिलामीको सुचना ।

नगरपालिकाले अवैधरुपमा उत्खनन् गरेका नदीजन्य सामाग्रीहरुको लिलामी बिक्रि गरेको भए पनि कुमरी क्षेत्रमा अवैधरुपमा सञ्चालित बालुवा खानीहरुले मनोमानी गरिरहेका छन् । यो बारेमा सम्पर्क गर्न खोज्दा बेलकोटगढीका मेयर राजेन्द्र रमण खनालको फोन सम्पर्क हुन सकेन । यो क्षेत्रबाट गत आर्थिक बर्षमा बालुवा निकासी बापत ०७४/०७५मा २५ लाख बराबराको राजस्व संकलन गरेको नगरपालिकाको तथ्याङकमा उल्लेख गरिएको छ । यतिबेला सो क्षेत्रमा करोडौ रकम बराबरको बालवाको अबैध उल्खनन् रहेको स्रोतको दाबी छ । जिल्लाको दुर्गम मानिने सो क्षेत्रमा जनप्रतिनिधि र प्रहरीको मिलेमतोमा अबैध बालुवा तस्करी जारी रहेको नाम नभन्ने सर्तमा एक स्थानीयले हामीलाई बताएका छन् ।
समाजबाद डटकमको सहयोगमा
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया