युवतीलाई बलात्कार गरेको आरोपमा नुवाकोट ककनीका ज्ञानेन्द्र गजुरेल पक्राउ
नुवाकोट । १९ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले नुवाकोटको ककनी गाउँपालिकाका ज्ञानेन्द्र गजुरेललाई पक्राउ गरेको छ ।
उनलाई कात्तिक ३ गते पक्राउ गरेर प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको छ। उनीसहित दाङको तुलसीपुर–१८ सन्देश शर्मा पोखरेल समातिएका छन ।उनीहरुले गत असोज २९ गते ललितपुरमा एक युवतीलाई सामुहिक बलात्कार गरेको उजुरी परेपछि पक्राउ गरिएको ललितपुर परिसरको मुद्दा फाँटका डिएसपी सन्तोष तामाङले जानकारी दिए।उनीहरुलाई कात्तिक ३ गते पक्राउ गरेर प्रहरीले बलात्कार मुद्दामा अनुसन्धान गरिरहेको छ।कुमारीपाटी बस्दै आएका पोखरेलले एक युवतीलाई असोज २९ गते आफ्नो कोठामा बोलाएका थिए। त्यसपछि गजुरेल र पोखरेल मिलेर बताल्कार गरेको भन्दै पीडितले प्रहरीमा उजुरी दिएकी थिइन्।
पक्राउ परेका गजुरेल नेपाली कांग्रेस नुवाकोटका नेता रहेको बुझिएको छ । गजुरेलसंगै पक्राउ परेका सन्देश शर्मा पोखरेल युवा संघका केन्द्रीय सदस्य रहेको बुझिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट
नुवाकोट आदर्श बहुमुखी क्याम्पसको जर्नल सार्वजनिक
सुकुम्बासी परिवारलाई पुनर्स्थापना खर्चबापत एकमुष्ट २५ हजार दिइने
गोसाईंकुण्डमा गंगादशहरा मेला सुरु 





प्रतिक्रिया