४० मेगावाटको सुपर न्यादी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको सम्झौतापत्रमा हस्ताक्षर
विदुर खबर
२०७४ चैत १ गते ८:२६
काठमाडौं । लमजुङमा बन्न लागेको ४० मेगावाट क्षमताको सुपर न्यादी जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापनको सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौतापत्रमा सिउरी न्यादी पावर लिमिटेडका तर्फबाट कम्पनीका अध्यक्ष शैलेन्द्र गुरागाईँ र एनएमबी बैंकको अगुवाईमा प्रभु बैंक, मेगा बैंक, सेन्चुरी बैंक, एनसीसी बैंक र कुमारी बैंकका प्रतिनिधिबीच हस्ताक्षर भएको छ ।
उक्त आयोजनाको जम्मा प्रस्तावित लगानी ७ अर्बमध्ये बैंकहरुकातर्फबाट ७५ प्रतिशत र कम्पनीका तर्फबाट २५ प्रतिशत रहने गरी वित्तिय व्यवस्थापन गरिएको छ ।
संस्थापक प्रवद्र्धकको रुपमा ङादी ग्रुप पावर लिमिटेड लगायतका कम्पनीको लगानी रहनेछ । उक्त आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री सम्झौता पीपीए नेपाल विद्युत प्राधिकरण र कम्पनीबीच पनि सम्पन्न भएको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ
महतको स्वास्थ्य जाँच गराउन अदालतको आदेश
देशभरका सीडीओलाई गृहको पत्र– अतिक्रमित संरचना हटाउन सुरक्षा प्रबन्ध मिलाउनू
स्लोभाकिया पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ
देशभर बादल, धेरै ठाउँमा वर्षा र हिमपातको सम्भावना





प्रतिक्रिया