दसैंको मुखमा महँगो भएकोले नुवाकोटेको भान्साबाट प्याज आउट
नुवाकोट । अहिले हरेक नेपालीको भान्सामा प्याज अनिवार्यजस्तै बनिसकेको छ। अघिकांश परिकारमा प्याजको प्रयोग गरिन्छ। तर दसैंतिहारलगायत चाँडवाडको संघारमा भने नेपालीको भान्सामा ‘प्याज आउट’ हुने भएको छ।
नेपालको सहरी क्षेत्रको शतप्रतिशत माग धान्दै आएको भारतीय प्याज नेपाल प्रवेशमा रोक लगाएपछि प्याज अभाव हुने देखिएको हो। भारतले आइतबारबाट कुनै पनि मुलुकमा प्याज निर्यात नगर्ने जनाएको छ।
भारतले प्याजको निर्यात बन्द गरेपछि नेपालको बजारमा त्यसको असर पार्ने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलले बताए। ‘प्याज नेपाली बजारमा शतप्रतिशत भारतीय बजारबाटै आउने गरेको छ। प्याज कोल्डस्टोरमा राख्ने चलन छैन, माग अनुसार ल्याएर बिक्री वितरण गर्ने हो। त्यसकारण निर्यातमा बन्देज लगाएपछि त्यसको प्रभाव त अवश्य देखिन्छ,’ पौडेलले भने। प्याज उत्पादन हुने मुख्य क्षेत्र महाराष्ट्र र कर्नाटक राज्यमा आएको बाढीका कारण भारतमा प्याज अभाव भएपछि सरकारले निर्यातमा बन्देज लगाएको हो। भारतको वाणिज्य तथा उद्योग मन्त्रालयले आइतबार प्याज निर्यात नीति संशोधन गर्दै निर्यातमा बन्देज लगाएको जनाएको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया