रसुवाको टिमुरेमा सुख्खा बन्दरगाह निर्माण सुरु
रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी नजिकै पर्ने टिमुरेमा सुख्खा बन्दरगाह निर्माण सुरु भएको छ ।
पहिलो चरणमा आयात गरिएका सामग्री राखिने ठाउँको निर्माणको काम सुरु भएको हो । २०७५ असोजबाट निर्माण सुरु गर्ने योजना बनाइएको भए पनि प्राविधिक कारणले ढिलोगरी निर्माण सुरु भएको इन्टरमोडल यातायात विकास समिति रसुवाले जनाएको छ । चीन सरकारले ३० महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ । चीन सरकारले निर्माण गर्ने भएकाले सामग्री तथा कामदार चीनबाटै आउने छन् । बन्दरगाह निर्माणका लागि आवश्यक पर्ने सामग्रीको ‘मास्टर लिस्ट’ स्वीकृत भइसकेको छ भने चिनियाँ कामदारको भिसाको काम पनि सकाइएको छ ।
बन्दरगाहमा पाँच हजार वर्गमिटरको पाँच तले प्रशासनिक भवन, ७५० वर्ग मिटरको एउटा गोदाम, दुई हजार ८० वर्गमिटरका दुई वटा जाँचपास स्थल रहने छ । बन्दरगाहमा तीन सय ५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिनेछ । साढे ८ हेक्टर जमिनमा बन्दरगाह निर्माण हुने समितिले जनाएको छ । लाङटाङ राष्ट्रिय निकुञ्जको पाँच हेक्टर, स्थानीय बासिन्दाको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १०९ रोपनी गरी साढे ८ हेक्टर जग्गा अधिग्रहण गरिसकिएको छ ।
उज्यालोबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा
शिवपुरीको थानाभञ्ज्याङमा बस र विद्युतीय गाडी भीरबाट खस्दा दुईको मृत्यु, तीन घाइते





प्रतिक्रिया