प्रदेश सरकारसँग अलमलिने समय छैन : जम्मकट्टेल
नुवाकोट । प्रदेश नं ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारसँग अलमल गरेर बस्ने समय नभएको बताउनुभएको छ ।
प्रदेश सरकारको आर्थिक अनुदानमा मकवानपुरका विभिन्न स्थानमा निर्माण गरिएका प्रहरी भवनको आज अनुमगन गर्दै उहाँले कतिपय ठाउँमा ठेकेदारका कारण काम अवरुद्ध हुने गरेको बताउनुभयो । मन्त्री जम्मकट्टेलले तोकिएको समयमा कुनै पनि हालतमा काम सम्पन्न गर्न निर्माणमा संलग्न ठेकेदार तथा कर्मचारीलाई निर्देशन दिनुभयो । “टहरामा बसेर नागरिकको सेवामा तैना
थ सुरक्षाकर्मीको दुःख देखेर भवन निर्माणको निर्णय गरिएको हो”, उहाँले भन्नुभयो । समयमै काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीको रकम रोक्का गर्ने तथा आगामी योजनामा उनीहरुलाई सहभागी नगराइने बताउनुभयो ।
मन्त्री जम्मकट्टेलले बकैया गाउँपालिका, हेटौँडा–१५ र हेटौँडा–११ मा निर्माणाधीन प्रहरी चौकी तथा भीमफेदी कारागार परिसरमा निर्माणाधीन महिला बन्दी गृहको अनुगमन गर्नुभयो । सो अवसरमा उहाँले काम गराई सन्तोषजनक नभएको भन्दै प्रदेश सरकारको गतिअनुसार काम गर्न निर्देशन दिनुभयो । “प्रदेश सरकारको उद्देश्यअनुसार काम सम्पन्न गर्नुस्”, उहाँले भन्नुभयो । अनुगमनका क्रममा आन्तरिक मामिला मन्त्रालयका सचिव विनोदप्रकाश सिंहले प्रदेश सरकार छिटोभन्दा छिटो काम सम्पन्न गर्न लागिपरेको बताउनुभयो । सो अवसरमा प्रदेश ३ का प्रहरी प्रमुख शेरबहादुर बस्नेत, प्रजिअ प्रेमराज जोशी र प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भवन निर्माणपछि सुरक्षाकर्मीलाई कार्यसम्पादन गर्न सहज हुने धारणा राख्नुभयो । प्रदेश सरकारले प्रदेशभर ४८ प्रहरी चौकी भवन निर्माण गरिरहेको छ । –––
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया