यस्तो रह्यो नुवाकोटका जनप्रतिनिधि र कर्मचारीबिचको फुटवल भिडन्त

विदुर खबर २०७६ असोज २ गते २१:१४

नुवाकोट । संविधान दिवसको अवसर पारेर नुवाकोटमा आयोजना गरिएको मैत्रीपुर्ण खेलमा राष्ट्र सेवक कर्मचारी विजयी भएको छ ।

Advertisement

नुवाकोट आर्दश बहुमुखी क्याम्पसको मैदान बट्टारमा केहीवेर अघि सम्पन्न खेलमा राष्ट्रसेवक कर्मचारी ५–३ गोल अन्तरले विजयी भएको हो । सधै कार्यालय र जनताको काममा खटिने जनप्रतिनिधि र कर्मचारीविचको प्रतिष्पर्धा निकै रमाइलो देखिन्थ्यो । खेलमा प्रतिष्पर्धा भइरहँदा जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङ घरी आफ्नो टिमलाई हौसला दिइरहेका देखिन्थ्ये भने घरी यसरी खेल, उसरी खेल भनेर सिकाइरहेका हुन्थ्ये ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी पनि टिमको हौसला बढाउन आफै मैदानमा उत्रेर खेल प्रतिष्पर्धात्मक बनाउन आग्रह गरिरहेका भेटिन्थ्ये । प्रजिअ पोखरेललाई साथ दिन जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक अबिनारायण काफ्लेले पनि साथ दिइरहेका थिए ।

Advertisement

यस्तो थियो आजको रोचक तश्वीरहरु ।

Advertisement

प्रतिक्रिया