नुवाकोटका एसपी काफ्ले गाँजा फाड्न किस्पाङमा

विदुर खबर २०७६ भदौ १८ गते २१:१२

सन्तोष ढुङ्गेल, किस्पाङ । नुवाकोटका प्रहरी प्रमुख अबिनारायण काफ्ले गाँजा फाँड्न किस्पाङ गाउँपालिका आइपुगेका छन ।

Advertisement

गाउँपालिकाको विभिन्न स्थानमा गाँजा खेती गरेको भन्ने गुनासो बढेपछि प्रहरी उपरिक्षक काफ्ले जनपथ र सशस्त्र प्रहरीको टोलीसहित किस्पाङ आइपुगेका हुन । गाउँपालिकामा भएका नराम्रा बिकृतीलाई हटाउने उदेश्यसहित वडा नम्बर २ फिकुरीबाट गाँजा फडानी शुरु गरिएको उनले बताए ।

गाँजा फडानीलाई सहयोग गर्न कस्पाङ गाउँपालिकाका अध्यक्ष छत्र लामा, वडा नम्बर २ का वडाअध्यक्ष देबनाथ भट्ट, वडा सदस्यहरु बद्री देवकोटा,तुलसी फुयाल लगाएत उपस्थिति भएका थिए । चाडपर्वलाई लछित गरि गाउँगाउँमा विभिन्न जनचेतना जोगाउने उदेश्यले किस्पाङबाट कार्यक्रम शुरु गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया