प्रदेशसभाको बैठकबाट दुई विधेयक पारित
प्रदेश नम्बर ३ प्रदेशसभामा आज बसेको बैठकले दुई वटा विधेयकमाथि दफावार छलफल गरी बहुमतले पारित गरेको छ ।
पारित भएको विधेयकमध्ये प्रदेशमा सूचनाको हकको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६ र प्रदेशभित्र राष्ट्रिय वनको संरक्षण गर्न बनेको विधेयक २०७६ रहेको छ । बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले सूचनाको हकसम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले राष्ट्रिय वनको संरक्षणसम्बन्धी विधेयक पारित गर्न प्रस्ताव राख्नुभएको थियो । आन्तरिक मामिला तथा कानूनमन्त्री जम्मकट्टेलले बैठकमा सूचनाको हकसम्बन्धी दफावार छलफलमा सदस्यले उठाउनुभएको जिज्ञासाको जवाफ दिनुहुँदै प्रदेशमा सूचनाको हकसम्बन्धी ऐनलाई तत्काल व्यावहारिक र दलगत स्वार्थभन्दा पृथक राखेर सर्वसाधारण नागरिकलाई सुरक्षाको अतिसंवेदनशील विषयबाहेक सबै प्रकारका सूचना प्रवाह गरिने बताउनुभयो ।
उक्त विधेयकमाथि छलफलमा प्रदेशसभाका सदस्यले सरकारले सूचनाको हकलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शीका साथ व्यावहारिक रुपमा लागू गर्न सुझाव प्रस्तुत गर्नुभएको थियो । प्रदेशसभाका सदस्य रमेश पौडेल, सीता लामा, रिना गुरुङ, नरोत्तम वैद्य, बलराम पौडेल, कृष्णप्रसाद भुर्तेल, विजया केसी श्रेष्ठ, रीता माझी र रामेश्वर फुयाँलले सूचना हकलाई सर्वसाधारण नागरिकसम्म पहुँच पु¥याउन र आदिवासी जनजातिको मातृ भाषामा बुझिने गरी सूचना प्रवाह गर्न कार्यदल बनाउनुपर्ने सुझाव दिनुभएको थियो । आजै बसेको बैठकमा शून्य समयमा बोल्नुहुने सदस्यले राष्ट्रिय महत्वको साथै जनतासँग सम्बन्धित सरोकारको विषयमा प्रदेश सरकारको ध्यानाकर्षण गरी तत्काल कार्यान्वयन गर्न आग्रह गर्नुभयो । उहाँहरुले शून्य समयमा भक्तपुर क्यान्सर अस्पतालको दैनिक प्रशासन कार्यमा भक्तपुर नगरपालिकाले बिना कारण हस्तक्षेप गरेको र त्यसका कारण बिरामीका उपचारको लागि चिकित्सक सेवामा अवरोध पुग्न गएकोप्रति प्रदेश सरकारको पनि ध्यान पुग्नुपर्ने तथा भक्तपुर नगरपालिकाले सो अस्पतालको विषयमा यथार्थ सूचना सार्वजनिक गर्न माग गर्नुभयो ।
उहाँहरुले तत्कालीन नेकपा माओवादीबाट सञ्चालित जनमुक्ति सेनालाई हाल अवकास प्राप्त गरेका व्यक्तिलाई परिचयपत्र दिई स्वरोजगारको व्यवस्था मिलाउन सरकारलाई सुझाव दिनुभयो । प्रदेश ३ अन्तर्गत सिमानामा पर्ने जिल्ला र प्रदेश २ को सीमा जोडिएको जिल्लाको सिमानामा दुवै प्रदेशका सरकारहरुको सहमतिमा सिमाना कायम गरी जनतालाई आ–आफ्नो सुविधा अनुसारको उद्योग सञ्चालन गर्न दिनुपर्ने माग गर्नुभयो । प्रदेश नम्बर ३ को सरकारले स्थायी राजधानीको टुङ्गो लागि सकेपछि एकीकृत कार्यालयको स्थापना र सो कार्यालयले प्रदेशको जिल्लामा विकासको पूर्वाधार निर्माण गर्ने वातावरणको सिर्जना गर्न प्रदेशसभा सदस्यले सरकारसँग छिट्टै कार्यदल बनाउन आग्रह गर्नुभयो । शून्य समयमा बोल्ने सदस्य ओमबहादुर घलान, नरेशराज श्रेष्ठ, चेतनाथ सञ्जेल, छिरिङदोर्जे लामा, जगतबहादुर सिंह, नरोत्तम वैद्य, विराजभक्त श्रेष्ठ, न्हुच्छे नारायण श्रेष्ठ, गीता वाग्ले, प्रेमबहादुर पुलामी र दीपक निरौला हुनुहुन्थ्यो । अर्को बैठक भोलि बिहीबार बिहान ११ बजे बस्ने छ । –––
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया