माैलिक हक विपरीत चितवनमा निषेधाज्ञा जारी
नुवाकोट, जिल्ला प्रशासन कार्यालय चितवनले माैलिक हक विपरित निषेधाज्ञा जारी गरेकाे छ । संविधानमा भएकाे माैलिक हक अन्तरर्गत धारा १७ मा स्वतन्त्रताकाे हक छ, जसमा विचार र अभिव्यक्ति, विना हातहतियार शान्तिपूर्वक भेला र प्रदर्शन गर्ने अधिकार दिएकाे छ ।
तर जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति जारी गरेकाे एक आदेशमा साेमबार बिहान ६ बजेदेखि लागू हुने गरी जारी गरेकाे आदेशमा पाँचजनाभन्दा बढी भेला नहुन आदेश दिइएकाे छ ।
सोमबार बिहानदेखि लागू हुनेगरी सुरक्षाव्यवस्था थप कडा पारेको छ । चितवन जिल्ला सुरक्षा समितिले आइतबार राति एक आदेश जारी गर्दै साेबार बिहान ६ बजेदेखि लागू हुने गरी सुरक्षाव्यवस्था थप कडा पारेको जानकारी दिएको छ ।
आइतबार जारी गरेकाे आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ काे (३) ‘क’को प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखी अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको छ । उक्त दफामा कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने भनिएर उल्लेख गरिएकाे छ ।

तोकिएको क्षेत्रमा प्रदर्शन, हुलदंगा र अशान्ति पैदा गर्न खोजे कानुनी कारबाही हुने चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतद्वारा जारी आदेशमा उल्लेख छ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको बयान आज हुँदैछ । उक्त प्रकरणकी अभियुक्त रुकु भनिने अस्मिता कार्कीको बयान आइतबार नै सकिएको छ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनहु प्रदर्शन गर्दै आएकाे छ । थुनछेक बहस पनि आजै हुने सम्भावना रहेकाे र त्यसपछि आदेश आउने भएकाले सुरक्षा व्यवस्था कडा पारिएको हो ।
सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले र्याली र कोणसभा भएको थियो। आइतबार भएको प्रदर्शनमा प्रहरीले डेट एक्स्पायर अश्रु ग्यास समेत प्रहार गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना










पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया