युवा वर्ग देश विकासको साझेदार र राष्ट्र निर्माणको आधार बन्न सकेन

नुवाकोट, वर्तमान सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा लिएको छ । तर सरकारले नारालाई सार्थक बनाउन स्पष्ट आधार भने तयार गर्न सकेको छैन । सरकारको यो नारालाई सफल बनाउन नेपालका युवा जनशक्ति प्रमुख माध्यम बन्न सक्छन् । तर समृद्धिका लागि युवाहरुलाई राष्ट्र निमार्णमा परिचालन गर्न नसकिएको युवाहरुको गुनासो छ ।
संख्यात्मक र गुणात्मक दुवै दृष्टिकोणले युवावर्गलाई मुलुकको सबैभन्दा महत्वपूर्ण वर्गका रुपमा लिइन्छ । जुन देशले युवा जनसंख्यालाई पूर्ण रूपमा आफ्नो विकासमा उपयोग गर्न सक्छ, त्यही देशको आर्थिक विकास उच्चदरले हुने गर्छ । तर त्यहि युवा बर्ग भने नेपालमा विकासको साझेदार र राष्ट्र निर्माणको आधार बन्न सकेका छैनन् । सुखी नेपाली समृद्ध नेपाल सरकारको लक्ष्य र सपना हो । तर समृद्धिको लागि न्यूनतम आधार र मापदण्ड के हो ? सरकारले स्पष्ट खाका बाहिर ल्याएको छैन ।
यो लक्ष्य पुरा गर्न सरकारले युवाहरुलाई अत्यधिक परिचालन गर्नुपर्ने हुन्छ तर सरकारले त्यसतर्फ ध्यान दिएको पाईदैन । जबसम्म सरकारले उर्जाशिल युवा जनशक्तिलाई राष्ट्रनिमार्णमा परिचालन गर्न सक्दैन तबसम्म समृद्ध नेपालको नाराले सार्थकता नपाउने आमयुवाहरुको बुझाई छ ।शैक्षिक बेरोजगारीले ग्रसीत नेपालका युवाहरु अझैपनि उत्पादनमुलक क्षेत्रमा जोडिन सकेका छैनन् । जसले गर्दा नेपाल परनिर्भर छ । उत्पादनमुलक क्षेत्रमा युवालाई नलगाएसम्म समृद्ध नेपालको नारा नारामा मात्र सिमित रहने युवाहरुको भनाई छ ।
नेपालको राष्ट्रिय युवा नीति २०७२ ले १६ देखि ४० वर्षसम्मका व्यक्तिलाई युवा मानेका छन् । जस अनुसार नेपालको जनगणना २०६८ को तथ्याङकलाई हेर्ने हो भने नेपालको कुल जनसंख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।
कुल जनसंख्याको यति विशाल जनशक्तिले आफ्नो मुलुकको आर्थिक विकासमा योगदान दिन सकिरहेका छैनन् । त्यसकारण समृद्धिको नारा लक्ष्य भन्दा टाढा देख्छन युवाहरु । सरकारले नीति तथा कार्यक्रममा युवाहरुलाई समेट्न सकेपनि व्यवहारीक रुपमा त्यसको कार्यान्वयनको अभाव देखिन्छ । कार्यान्वयन पक्ष कमजोर हुँदा त्यस्ता नीति तथा कार्यक्रमहरु राम्रा भए पनि असफल भइरहेका छन् । जसले गर्दा युवाहरुले स्वदेशमा सम्भावना देखिरहेका छैनन् । त्यसको प्रत्यक्ष असर देशको समृद्धि र विकासमा परिरेको छ ।युवाहरु विकास र परिवर्तनका संवाहक हुन् । सुखी नेपाली समृद्ध नेपालको लक्ष्य भेट्न युवा क्रियाशीलतालाई बढाउनु पर्ने हुन्छ तर युवाहरु, आपूmहरुले त्यो भूमिका नपाएको गुनासो गरिरहेका छन् ।
के हो समृद्धि ? के का लागि समृद्धि ? समृद्धिको आधार र मापन के हो ? यसबारे स्पष्ट खाका ल्याई यसको संवाहक युवाहरुलाई नै बनाउनु पर्छ । जसले समृद्धिको आधार तयार पार्छ भन्ने आम बुझाई छ ।त्यसैले युवाहरुको जोश जाँगर, उर्जाशिलता, कार्यकुशलता र हौसलालाई भरपुर रुपमा उपयोग गर्न सरकारले ढिलो नगरी कार्यक्रम सार्वजनिक गर्न आवश्यक देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया