सुनको मूल्य नयाँ उचाइमा, किन्नै आउन छाडे ग्राहक

नेपाल सुनचाँदी महासँघका अनुसार मंगलबार छापावला सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेर ७१ हजार रुपैयाँमा काराबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला ७० हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यो नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य हो।
त्यसैगरी सुनको मूल्यय संगसंगै चाँदीको मूल्य पनि निरन्तर उकालो लाग्न थालेको छ । मंगलबार चाँदीको मूल्यमा पनि प्रतितोला १० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। गत बिहीबार देखि स्थिर रहेको चाँदीको मूल्य मंगलबार तोलामा १० रुपैयाँले बढेर ८३५ रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै नेपाली बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागेको हो। सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध मुख्य हो। सुनको मूल्य बढ्दै जाँदा कारोबारमा भने कमी आएको व्यवसायी बताउँछन्। सुनको मूल्य बढेसँगै सुन खरिद गर्ने भन्दा बिक्री गर्नेहरुको सँख्या बढ्दै गएको व्यवसायीहरुको भनाई छ।
प्रतिक्रिया