नदी दोहनमा कडाई गरेपछि नुवाकोटका एसपी पल्लीमगरको सरुवा
नुवाकोट, नदि दोहन रोक्न कडा रुपमा प्रस्तुत भएको भनिएका नुवाकोटका प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरको सरुवा गरिएको छ ।
उनलाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको बताइएको छ । प्रहरी उपरिक्षक पल्लीमगरले आफुलाई काज सरुवाको पत्र शुक्रबार आएको विदुर खबरलाई बताए । उनले आफुलाई हेडक्वार्टर तानिएको जानकारी दिए ।
प्रहरी उपरिक्षक मगरले नुवाकोटको नदीहरुमा पछिल्लो समय दोहन ठप्प पारेका थिए । उनले हाते औजार समेत प्रयोग गर्न नपाइने भन्दै नदीजन्य पदार्थको उत्खनन बन्द गराएका थिए । प्रहरी उपरिक्षक पल्लीमगरले नदी दोहन बन्द गर्न विभिन्न प्रहरी चौकीका प्रहरीहरुलाई रोटेसन गरेर दोहन बन्द गराउन समेत सफल भएका थिए । यसैबिच नुवाकोटको नदिजन्य पदार्थ उतखननमा कडाई गरिएपछि नुवाकोटका सिडियो समेत हेरफेर हुने संकेत देखिएको छ ।
गत साता आयोजना गरिएको बैठकमा प्रजिअ द्रोण पोखरेलले नुवाकोटका नदीजन्य पदार्थ तीन महिना अर्थात (असारदेखि भदौसम्म) कुनैपनि हालतमा उत्खनन गर्न नदिने बताइएपछि उनको समेत सरुवा गर्न यतिखेर तस्करहरु लागि परेको बताइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया