सत्यसाई मार्केटिङका मिश्रलाई चिट्टास्वरुप पाएको स्कुटर वितरण

विदुर खबर २०७६ साउन २३ गते १८:२६

Timure Yatayat Bus

Advertisement

नुवाकोट,रुस्लान भोड्काले नुवाकोटका व्यापारी केशव मिश्रलाई चिट्टास्वरुप पाएको स्कुटर वितरण गरेको छ ।

जे.जि.आई प्रालि र कविन्द्र सप्लायर्सले विदुरमा बिहीबार एक कार्यक्रमको आयोजना गरि सत्यसाई मार्केटिङ बट्टारका संचालक केशव मिश्रलाई स्कुटरको साँचो हस्तान्त्ररण गरेको हो ।
रुस्लान भोड्काले आफ्ना होलसेल व्यापाराहरुलाई प्रतिकाटुन एक कुपन वितरण गर्दा मिश्रको सत्यसाई मार्केटिङलाई स्कुटरको चिठ्ठा परेको नुवाकोट चेम्बर अफ कर्मसका अध्यक्ष कविन्द्रमान प्रधानले बताए ।

Advertisement

गत साता काठमाण्डौको एक होटलमा लक्की ड्र गर्दा मिश्रलाई परेको बताइएको छ । पुरस्कारवापत दिइएको स्कुटरको बजार मुल्य २ लाख बराबर रहेको छ ।

प्रतिक्रिया