सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड,प्रतितोला ६९ हजार ५ सय

विदुर खबर २०७६ साउन २२ गते १२:२५

Timure Yatayat Busनुवाकोट, पछिल्लो समय लगातार बढिरहेको सुनको बुधबार पनि एक हजार ५०० रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। गत ६ दिनदेखि सुनको मूल्य उच्च रुपले बढेर दिनदिनै नयाँ रेकर्ड कायम गर्दै आएको छ।

Advertisement

नेपाल सुनचाँदी महासंघको अनुसार बुधबार छापावाला सुन प्रतितोला ६९ हजार ५ सय रुपैयाँमा खरिद बिक्री भइरहेको छ भने तेजावी सुन प्रतितोला ६९ हजार २०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।  सुनको मूल्य बढ्दै जानुमा अमेरिका चीन व्यापार युद्ध पनि एक हो। अमेरीकाले चीनबाट आयात हुने वस्तुमा भन्सार महसुल बढाउँदा त्यसको प्रत्यक्ष असर आर्थिक क्षेत्रमा पर्दा सुनको मूल्य बढ्दै गएको हो। सरकारले सुनमा लाग्ने भन्सारदर वृद्धिले गरेकाले पनि सुन महङ्गो भएको व्यवसायीको भनाई छ।

त्यसैगरी सोमबार चाँदीको मूल्यमा पनि प्रतितोला १५ रुपैयाँले बढेर नयाँ उचाइमा पुगेको छ। बुधबार चाँदी अघिल्लो दिनको तुलनामा १५ रुपैयाँले बढेर ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको माहासंघले जनाएको छ। सरकारले आगामी आर्थिक वर्षको बजेटमा सुन चाँदीजस्ता बहुमूल्य धातुलाई बैंक निक्षेपको रुपमा राख्न सकिने व्यवस्था गरेको छ। यो व्यवस्थाले पनि नेपाली बजारमा सुन तथा चाँदीको भाउ बढ्न सहायोग पुगेको बताईन्छ। पछिल्लो ६ दिनमा सुनको मुल्य तोलामै ४ हजार ५ सय रुपैयाँले बढिसकेको छ। मंगलबार पनि सुनको मूल्य तोलाकै ५०० रुपैयाँ बढेको थियो। सुनको मूल्य बढ्दै जाँदा कारोबारमा भने कमि आएको व्यवसायी बताउछन्।

Advertisement

प्रतिक्रिया