सहकारीको दुई करोड घोटाला गरेको भन्दै विदुरबाट एक महिला पक्राउ
विदुर खबर
२०७६ साउन २२ गते ९:०१
नुवाकोट, सहकारीको झण्डै दुई करोड रुपैयाँ घोटाला गरेको आरोपमा नुवाकोटको सदरमुकाम विदुरबाट एक महिलालाई पक्राउ गरिएको छ ।
काठमाण्डौको टोखामा रहेको एक सहकारीकी संचालक समितिकि सदस्य प्रतिमा सिटौलाले सहकारीको निक्षेप मासेको अदालतले ठहर गरेपछि उनलाई केन्द्रिय अनुसन्धान व्युरोको टोलीले नुवाकोटको विदुरबाट पक्राउ गरेको हो । उनले सहकारीको एकरोड ८३ लाख रुपैयाँ घोटाला गरेको बुझिएको छ ।
सीआइबीका अनुसार ३२ वर्षीया सिटौलालाई सहकारी ठगीको मुद्दामा दोषी ठहर गर्दै अदालतले १८ लाख ३१ हजार आठ सय ८७ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । तर उनी त्यसबेलादेखि फरार थिइन्। उनलाई मंगलबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेस गरी कैद भुक्तानीको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












देशभर रेबिज खोपको चरम अभाव, सास्ती खेप्दै बिरामी
देउवा फर्किँदै, अब फुट होइन जुटको दबाब
देशका विभिन्न स्थानमा वर्षाको सम्भावना
रसुवामा भालुको खुट्टासहित दुई जना पक्राउ
बाहुनबेसी-खरानीटार सडक खण्डमा रात्रिकालिन सवारी आवतजावतमा रोक





प्रतिक्रिया