सहकारीको दुई करोड घोटाला गरेको भन्दै विदुरबाट एक महिला पक्राउ
विदुर खबर
२०७६ साउन २२ गते ९:०१
नुवाकोट, सहकारीको झण्डै दुई करोड रुपैयाँ घोटाला गरेको आरोपमा नुवाकोटको सदरमुकाम विदुरबाट एक महिलालाई पक्राउ गरिएको छ ।
काठमाण्डौको टोखामा रहेको एक सहकारीकी संचालक समितिकि सदस्य प्रतिमा सिटौलाले सहकारीको निक्षेप मासेको अदालतले ठहर गरेपछि उनलाई केन्द्रिय अनुसन्धान व्युरोको टोलीले नुवाकोटको विदुरबाट पक्राउ गरेको हो । उनले सहकारीको एकरोड ८३ लाख रुपैयाँ घोटाला गरेको बुझिएको छ ।
सीआइबीका अनुसार ३२ वर्षीया सिटौलालाई सहकारी ठगीको मुद्दामा दोषी ठहर गर्दै अदालतले १८ लाख ३१ हजार आठ सय ८७ रुपैयाँ जरिवानाको फैसला गरेको थियो । तर उनी त्यसबेलादेखि फरार थिइन्। उनलाई मंगलबार फैसला कार्यान्वयनका लागि जिल्ला अदालत पेस गरी कैद भुक्तानीको लागि केन्द्रीय कारागार कार्यालय सुन्धारा पठाइएको छ।
सम्बन्धित
प्रतिक्रिया