रुघाखोकी निको भएन ? ‘साइनोसाइटिस’ पनि हुनसक्छ

विदुर खबर २०७४ फागुन २५ गते १०:४०

ज्यानले ज्याकेट र सुइटर फुकालीसकेको छ  । जाडो सकिएर सुख्खा मौसम सुरु भइसकेकेा छ । विस्तारै गर्मी याम पनि सुरु हुँदैछ । मौसममा चिसोपना त कम भइसक्यो, तैपनि यदि तपाई नाक बन्द हुने, रुघाखोकी लाग्ने तथा नाकबाट सिगान बग्ने समस्याबाट पिडित हुनुहुन्छ भने सजग हुनुस् है । यस्तो लक्षण सामान्य रुघाखोकी मात्र नभएर ‘साइनोसाइटिस’ पनि हुनसक्छ ।

Advertisement

साइनसको झिल्ली सुन्नियो भने साइनोसाइटिसको संक्रमण हुन्छ । नाकको ठीक पछाडी रहेको सिंगान बग्ने नली सुन्नियो भने त्यसमा हावा तथा कफ भरिन्छ, जसले गर्दा साइनसको नली बन्द हुनपुग्छ । साइनसको नली बन्द भएमा टाउको, घाँटी तथा अनुहार वरिपरि पिडा हुन्छ ।

सामान्यतया साइनस हाम्रो मस्तिष्कमा रहेको क्याभिटी हो, जसले टाउकोलाई हल्का बनाउनुका साथै सास लिन सघाउँछ । यही नलीको माध्यमद्धारा हामीले लिएको सास फोक्सोसम्म पुग्छ । यसले हावासँगै आउने फोहरलाई वीचमै रोक्छ ।

Advertisement

जब साइनसको मार्ग बन्द हुन्छ वा त्यहाँबाट फोहर बाहिर निस्कन पाउदैन, त्यतिबेला साइनोसाइटिसको समस्या उत्पन्न हुन्छ । साइनोसाइटिस भएमा नाकले सुँघ्ने तथा स्वाद लिने क्षमता घटछ भने सास लिन गाह्रो हुन्छ । शरीर थाक्छ र त्यसले निद्रासमेत बिथोल्छ ।

साइनोसाइटिसका लक्षण

Advertisement

-आवाजमा परिवर्तन हुन्छ ।

-टाउको गह्रौं भएको महसुस हुन्छ ।

-हल्का ज्वरो आउँछ ।

-दाँत दुख्छ ।

-तनाव हुन्छ ।

-अनुहार सुनिन्छ ।

-नाकबाट पँहेलो तथा बाक्लो सिगान बग्छ ।

-घाँटीमा कफ जम्मा हुन्छ ।

बच्ने उपाय 

-तनावबाट मुक्त हुनुस् । किनकी, हाम्रो शरीरलाई रक्षा गर्ने सेतो कोशिका तनावकै कारण कमजोर हुने गर्छ ।

-स्वीमिङ्ग नगर्नुस् । प्रत्येक पल्ट स्वीमिङ्ग गर्दा नाक बन्द गर्नुस् र क्लोरिन प्रयोग गर्नुस् ।

-नुन पानीले नाकको सफाई गर्नुस् ।

-साफसफाईमा विशेष ध्यान दिनुस् । व्याक्टेरिया तथा भाइरल संक्रमणबाट बच्नुस् । साबुन पानीले राम्ररी हात धुनुस् ।

-दैनिक आठदेखि दश गिलास पानी पिउनुहोस् ।

-प्रत्येक दिन विहान उठ्ने वित्तिकै अदुवा या मरीच हालेको चिया तथा तातो पानी पिउनुहोस् ।  तातो पानीले नाकको सिंगान पातलो बनाउँछ । छातीमा कफ जम्न दिदैन ।

-एलर्जीबाट बच्ने हो भने घरमा जथाभावी फर्निचर नराख्ने । तकिया तथा ओछ्यानको नियमित सफाई गर्नुस् । गलैचाको सफाईमा विशेष ध्यान दिऊँ । अत्तर (सेन्ट)को गन्ध र वायु प्रदुषणबाट बच्नुस् ।

-धुवाँधुलोमा हिड्नुअघि मास्कको प्रयोग गर्नुस् ।

-घरको भेन्टिलेटरलाई सही अवस्थामा राख्नुस् । घरको झयालढोका खोलेर ताजा आवाज भित्र आउन दिनुस् ।

-रुघाखोकीबाहेक अन्य भाइरल संक्रमण हुने व्यक्तिको निकै नजिक नजानुस् ।

-सकेसम्म धेरै तातो वा धेरै चिसो खानेकुरा खाना नखानुस् । धेरै तातो तथा चिसो मौसमबाट बच्नुस् । तापमानमा आएको अचानक परिवर्तनमा आˆनो शरीरको विशेष सुरक्षा गर्नुस् ।

प्रतिक्रिया