सान्जेन र रसुवागढीको साधारण शेयर सोमबार सूचीकरण हुने
नुवाकोट, सान्जेन र रसुवागढी हाइड्रोपावरले बिक्री गरेको साधारण शेयर (आईपीओ) बाँडफाँड भएको ३ महिनापछि साउन २० गते सोमबार बल्ल सूचीकरण हुने भएको छ ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेड र रसुवागढी हाइड्रोपावर लिमिटेड तथा सान्जेन जलविद्युत कम्पनी लिमिटेडबीच साउन २० गते सोमबार सूचीकरण सम्झौता हुन लागेको नेप्सेका प्रबक्ता मुराहरि पराजुली बताए। रसुवागढी र साञ्जेन हाइड्रोपावरले गत बैशाख ६ गतेदेखि आईपीओ निष्काशन गरी बैशाख १९ गते बाँडफाँड गरेका थिए। पछि दुबै आयोजनालाईं जनताको जलविद्युत कार्यक्रम अन्तर्गत समेटिएको थियो। रसुवागढी हाइड्रोपावरले कर्मचारी र म्युचुअल फण्डलाई छुट्याएर ९३ लाख ३९ हजार ४६७ कित्ता र साञ्जेनले कर्मचारी र म्युचुअल फण्डलाई छुट्टाएर सर्वसाधारणमा ४९ लाख ८२ हजार २५० कित्ता शेयर बिक्री गरेको थियो । कम्पनीले निष्काशन गरेको आईपीओ १ साताभित्रै सूचीकरण गर्न सकिने भए पनि चिलिमेका दुई सहायक कम्पनी सञ्जेन र रसुवागढी हाइड्रोपावरले ३ महिना पछि शेयर सूचीकरण गर्न लागेका हुन्।
सोमबार कम्पनीको शेयर सूचीकरणपछि मंगलबारबाट दोस्रो बजारमा कम्पनकिो शेयर खरिद बिक्री गर्न सकिनेछ। जनताको जलविद्युतमा समेटिएको रसुवागढी हाइड्रोपावरले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ भने साञ्जेनले १४.८ मेगावाट क्षमताको साञ्जेन माथिल्लो र ४२.५ मेगावाटको साञ्जेन जलविद्युत आयोजना निर्माण गरिरहेको छ। दुबै आयोजनाले स्थानीय जनतामा शेयर जारी गर्न बाँकी रहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ
माथिल्लो महभीर जाने सडकको ट्रयाक संचालनमा





प्रतिक्रिया