सुन्दरी क्यौरिनी उच्च माविको भवन विद्यालयलाई हस्तान्तरण

विदुर खबर २०७६ साउन १७ गते १८:३७

Timure Yatayat Busनुवाकोट, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारमा  रहेको सुन्दरी क्यौरिनी उच्च माध्यामिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

Advertisement

शुक्रवार एक कार्यक्रमको आयोजना गरि विद्यालयको भवन वडा नम्बर १० का वडाअध्यक्ष गणेशकुमार नेपाल र विद्यालयका पुर्व प्रध्यानाअध्यापक नारायणबहादुर पाण्डेलाई संयुत्त रुपमा हस्तान्तरण गरिएको हो । जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका) को साढे ४ करोड ऋण अनुदानमा निर्माण सम्पन्न भएको भवनको निर्माणमा जिल्ला कार्यान्वयन इकाई शिक्षाले प्राविधिक सहयोग गरेको थियो ।

विद्यालयको भवन हस्तान्त्ररण कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेशकुमार नेपालले भवन अभावमा कक्षामा कोचिएर पढ्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले भौतिक संरचनाको अभाव हुँदाहुँदै पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा विद्यालयका पुर्व प्रध्यानाअध्यापक नारायणबहादुर पाण्डे,जिल्ला कार्यान्वयन इकाईका प्रमुख दिनेशनाथ शर्मा, जाईकाका प्राबिधिकहरु,बिद्यालय ब्यबस्थापन समिति, शिक्षकहरु लगाउतको उपस्थिति रहेको थियो । विद्यालयको भवन निर्माण हेमदुङ एण्ड थोकर कन्सट्रक्सनले प्रालिले गरेको थियो ।

Advertisement

प्रतिक्रिया