सुन्दरी क्यौरिनी उच्च माविको भवन विद्यालयलाई हस्तान्तरण
नुवाकोट, नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १० गेर्खुटारमा रहेको सुन्दरी क्यौरिनी उच्च माध्यामिक विद्यालयको नवनिर्मित भवन विद्यालयलाई हस्तान्तरण गरिएको छ ।
शुक्रवार एक कार्यक्रमको आयोजना गरि विद्यालयको भवन वडा नम्बर १० का वडाअध्यक्ष गणेशकुमार नेपाल र विद्यालयका पुर्व प्रध्यानाअध्यापक नारायणबहादुर पाण्डेलाई संयुत्त रुपमा हस्तान्तरण गरिएको हो । जापान अन्तराष्ट्रिय सहयोग नियोग(जाइका) को साढे ४ करोड ऋण अनुदानमा निर्माण सम्पन्न भएको भवनको निर्माणमा जिल्ला कार्यान्वयन इकाई शिक्षाले प्राविधिक सहयोग गरेको थियो ।
विद्यालयको भवन हस्तान्त्ररण कार्यक्रममा विदुर नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष गणेशकुमार नेपालले भवन अभावमा कक्षामा कोचिएर पढ्नुपर्ने अवस्थाको अन्त्य भएको बताए । उनले भौतिक संरचनाको अभाव हुँदाहुँदै पनि विद्यालयले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै खुशी व्यक्त गरे । कार्यक्रममा विद्यालयका पुर्व प्रध्यानाअध्यापक नारायणबहादुर पाण्डे,जिल्ला कार्यान्वयन इकाईका प्रमुख दिनेशनाथ शर्मा, जाईकाका प्राबिधिकहरु,बिद्यालय ब्यबस्थापन समिति, शिक्षकहरु लगाउतको उपस्थिति रहेको थियो । विद्यालयको भवन निर्माण हेमदुङ एण्ड थोकर कन्सट्रक्सनले प्रालिले गरेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













कलाकार सुनिल थापाको निधन
टी–२० विश्वकप आजदेखि, नेपाल सुपर–८ को खोजीमा
प्रथम वडास्तरीय मेयर कप फुटवल प्रतियोगिताको तयारी तिव्र
नुवाकोटको बेलकोटगढीमा एक जनाको हत्या,दुई जना पक्राउ
चुनावी तालमेल गर्न ओलीले राखे प्रस्ताव, दाहालले गरे अस्वीकार





प्रतिक्रिया