सुनको मूल्य हालसम्मकै नयाँ उचाइमा
नुवाकोट, सुनको मूल्य शुक्रबार हालसम्मकै नयाँ उचाइमा पुगेको छ। बिहीबार ६५ हजार रुपैयाँमा खरिद बिक्री भएको छापावाला सुनको मूल्य शुक्रबार एकैदिन ८०० रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो।बुधबार ६५ हजार ४०० भाउ रहेको सुनको मूल्य घटेर बिहीबार ६५ हजारमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी माहासंघको अनुसार साउन १७ गते शुक्रबार छापावाला सुन ६५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको छ भने तेजाबी सुन ६५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यो नेपाली बजारमा सुनको हालसम्मकै महंगो मुल्य हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा पनि परेको महासंघले जनाएको छ। यसअघि साउन १० गते शुक्रबार छापावाला सुन प्रतितोला ६५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

महासंघले शुक्रबार प्रति १० ग्राम छापवाला सुनको मूल्य ५६ हजार ४१५ रुपैयाँ कायम गरेको छ भने तेजाबी सुनको मूल्य प्रति १० ग्राम ५६ हजार १६० रुपैयाँ छ । त्यस्तै आज चाँदीको मुल्य भने स्थिर छ । शुक्रबार चाँदी अघिल्लो दिनको मुल्य प्रतितोला ७७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै
त्रिशूली सामुदायिक र नेसनल बेथेलद्वारा ऐतिहासिक भैरवी मन्दिर परिसरमा सरसफाइ
रास्वपा नुवाकोटद्वारा ‘मिसन १२ पालिका’को पहिलो चरण सम्पन्न
विदुरमा दुई दिनदेखि खानेपानी ठप्प, आलोपालो प्रणालीबाट वितरण गरिने
पाँचौ एनयुएफसी अन्तर जिल्लास्तरीय फुटसल प्रतियोगिता सुरु





प्रतिक्रिया