प्रदेश ३ सरकारले सबै स्थानीय तहमा शान्तिपार्क निर्माण गर्ने
नुवाकोट , प्रदेश नं– ३ सरकारले प्रदेशभित्रका सबै स्थानीय तहमा शान्तिपार्क निर्माणको काम शुरु गर्ने भएको छ ।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले प्रदेशका १३ वटै जिल्लाका सबै ११९ स्थानीय तहका एक–एक स्थानलाई पर्यटकीयस्थलका रुपमा विकास गर्न भन्दै शान्तिपार्क निर्माण गर्न लागेको हो । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी काम शुरु गर्न लागिएको आन्तिरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेलले जानकारी दिनुभयो ।
शान्तिपार्क निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि मात्र रु १० करोड बजेट छुट्याइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले बजार क्षेत्रमा घरैघर बनेका छन्, बस्ती निकै साँघुरा हुनथाले, घुम्न निस्कनका लागि पनि ठाउँ छैन, त्यसैले सबै क्षेत्रका नागरिकका लागि घुम्न रमाउनका लागि शान्तिपार्क निर्माण गर्ने योजना बनाएका हौं ।” शान्तिपार्क निर्माण गर्न चाहने स्थानीय तहले ५० प्रतिशत लगानी गर्न प्रतिबद्धता जनाए मात्र प्रदेशले बजेट पठाउने जनाइएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेसको संस्थापनइतर पक्षद्वारा छुट्टै सम्पर्क कार्यालय स्थापना
बट्टारको क्रियापुत्री भवनलाई वाटर फिल्टर ट्याङ्की हस्तान्तरण
विदुरको १८ प्रस्ताव: ‘एक वडा एक स्मार्ट सिटी’ देखि विपद तालिम केन्द्रसम्म जिल्लामा पेश गरिने
अब त्रिशूलीमा लामो र अग्लो मोटरेबल पुल
मुटु भक्कानीने , भोटेकोशी बाढीको त्यो क्षण





प्रतिक्रिया