नुवाकोटमा नदीजन्य सामग्रीको अवैध उत्खनन बन्द गर्न प्रशासन कडा हुने
नुवाकोट, नुवाकोटका नदी र खोलाबाट भइरहेको अवैध उत्खनन तथा सङ्कलनलाई कडाइका साथ नियन्त्रण गरिने भएको छ । बुधबार साँझ विदुरमा बसेको जिल्ला अनुगमन तथा समन्वय समितिको बैठकले त्यसको नियन्त्रणमा कडाइ गर्ने निर्णय गरेको हो ।
बैठकमा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सन्तामान तामाङले जिल्लामा संचालन भएको अवैध वालुवा उत्खननलाई रोकन सबै इमान्दार हुनुपर्ने बताए । उनले सबैको सहयोगमा मात्र अवैध उत्खननलनई रोक्न सकिने बताए । त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जिल्लामा भएको अवैध उत्खननले जिल्लामा रहेका प्रशासन र जनप्रतिनिधिको वेइज्जत भएको बताए । प्रजिअ पोखरेलले अवैध उत्खनन रोकने सवालमा असुरक्षा भएका आफु सुरक्षा दिन तयार रहेको बताए ।
त्यस्तै विदुर नगरपालिकाकी उपमेयर गिता दाहालले हाते औजारबाट समेत उत्खनन बन्द गर्नुपर्ने बताइन । उनले मेसिनभन्दा हातले वालुवा निकाल्दा समेत ज्यान जोखिममा रहेको बताए । बैठकमा नुवाकोटका प्रहरी उपरिक्षक कृष्ण पल्लीमगरले अनुगमनमा प्रहरी निस्कदा पहिल्यै तस्करकहाँ फोन पुग्ने गरेको बताए । उनले आफ्नो मातहतका प्रहरीले त्यस्तो काम गरेको भेटिए कारवाही गरिने बताए ।
असारदेखि भदौसम्म (तीन महीना) हेभी उपकरण (स्काभेक्टर) प्रयोग गरेर नदीजन्य सामग्री (रोडा, ढुङ्गा, बालुवालगायत) उत्खनन गर्न नपाइने कानूनी व्यवस्था छ । स्थानीय तहले पनि नदीजन्य सामग्रीको उत्खननका लागि करको ठेक्का लगाउँदा वातावरणीय प्रभाव मूल्याङ्कन (ईआइए) मा यो तीन महीना उत्खनन नगर्ने शर्त उल्लेख गरेका छन् । बर्खायाम शुरु भएसँगै जिल्लाको त्रिशूली नदीसहित तादी, कोल्पु, लिखु, सलाखु, फलाखु, सामरीलगायतका खोलामा हेभी उकरण लगाएर अवैधरूपमा नदीजन्य उत्खनन कार्य बढिरहेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया