नुवाकोटमा कृति लोकार्पण तथा रचना वाचक कार्यक्रम हुने
विदुर खबर
२०७६ साउन ८ गते ८:५५

नुवाकोट, नुवाकोटको विदुरमा आगामी शनिवार कृति लोकार्पण तथा रचना वाचक कार्यक्रम हुने भएको छ ।
साहित्य संगम नुवाकोटको आयोजना तथा सगरमाथा साहित्य प्रतिष्ठान नेपालको आयोजनामा कार्यक्रम हुन लागेको हो । कार्यक्रममा आवाजका वादशाहाको रुपमा परिचित अच्युत घिमिरे बुलबुल लगायतका विभिन्न सर्जकहरुले आफ्नो प्रस्तुति दिने साहित्य संगम नुवाकोटले जनाएको छ ।
कार्यक्रमको अफिसियल मिडियाको रुपमा नुवाकोटको लोकप्रिय अनलाईन विदुर खबर लगायतका मिडियाहरु रहेका छन । कार्यक्रमको विदुर खबरले प्रत्यक्ष प्रशारण गर्ने गर्नेछ ।
सम्बन्धित
प्रतिक्रिया