दाहसंस्कार गर्नै लाग्दा महिला ब्युँतिएपछि…!
पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भयो ।
रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि मलामी समेत दंग भए । ज्ञवालीको अन्तिम अवस्था ठानेर परिवारका सदस्य र आफन्तले कालीगण्डकीको रिडी घाटमा अर्घ्यजलका लागि पुर्याएका थिए ।
अर्घ्यजल घाटमा राखी आफन्तले अन्य तयारी गरिरहँदा मृत्यु भएकी भनिएकी ज्ञवाली चलवलाएपछि गुल्मीको रिडी प्राथमिक उपचार केन्द्रमा पुर्याइएको छ । उपचार केन्द्रमा चेकजाँचको क्रममा नर्मदाको नाडी र मुटुको धड्कन चलेपछि थप उपचारको लागि परिवार तथा आफन्तले तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याए ।
अहिले उनको आईसीयू भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। साथै ज्ञवालीको अवस्थामा सुधार आएको, नाडी र मुटुले काम गरेको, अक्सिजन पुगेको, शरीरबाट व्याक्टेरिया झिक्ने काम भइरहेको आफन्त रामप्रसाद ज्ञवालीले बताए ।
असार २५ गते गाउँमा झाडापखाल प्रकोप फैलिएसँगै नर्मदा पनि बिरामी भएपछि उपचारको लागि मिशन अस्पताल तानसेनमा भर्ना भएकी थिइन् । अस्पतालमा उपचारको क्रममा झाडा पखालासँगै नर्मदालाई निमोनिया, तथा फोक्सोमा संक्रमण भएको पाइयो । उपचारको क्रममा शरीरभरी व्याक्टेरिया फैलियो र अवस्था हरेक दिन नाजुक हुँदैगयो । विरामीलाई मिर्गौलामा समस्या देखिएको भनियो ।
विरामीको अवस्था गम्भीर रहेको भन्दै मिर्गौलाको उपचार यहाँ नहुने जानकारी अस्पतालले परिवारलाई दियो । विरामी ज्ञवालीका आफन्तले भने विरामीलाई निको नहुने, अक्सिजन दिँदासम्म मात्र बाँच्ने भनेपछि डिस्चार्ज मागेर मिशनकै एम्बुलेन्समा विरामी राखेर सिद्देश्वर पुर्याए ।
श्रीमान सूर्य ज्ञवाली सहित आफन्तकै सल्लाहमा उनलाई नबाँच्ने भन्दै घाट लैजाने भनी रिडी घाटमा पुर्याइएको थियो । झाडापखालको विरामीको रुपमा भर्ना भएकी नर्मदाको उपचारका क्रममा अन्य रोग समेत भेटिएपछि अन्तिम अवस्थामा पुगेको उनका आफन्त बताउँछन् ।
अन्नपूर्णबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














ढुङ्गे-त्रिशूली जोड्ने बेलिब्रिज निर्माणका लागि संयुक्त स्थलगत निरीक्षण
संगीना वैद्य तालिम तथा प्रशिक्षण विभागको निर्देशक नियुक्त
नुवाकोटका बाढी प्रभावित क्षेत्रमा जसपा नेपालको टोली: राहत र पुनर्स्थापनामा गति दिन माग
त्रिशूलीको कटानले तारुकाघाट र दर्शनटार जोखिममा
ढुङ्गे-त्रिशूली जोड्ने पुल र अस्थायी आवासको माग गर्दै नुवाकोटमा विरोध प्रदर्शन





प्रतिक्रिया