दाहसंस्कार गर्नै लाग्दा महिला ब्युँतिएपछि…!
पाल्पाको रैनादवी छहरा गाउँपालिकामा एक महिलाको जीवनमा चमत्कारिक घटना भयो ।
रैनादवी छहरा गाउँपालिका–१ सिद्धेश्वरकी ३७ वर्षीया नर्मदा ज्ञवाली कालीगण्डकीको रिडीस्थित आर्यघाटबाटै ब्युँतिएपछि मलामी समेत दंग भए । ज्ञवालीको अन्तिम अवस्था ठानेर परिवारका सदस्य र आफन्तले कालीगण्डकीको रिडी घाटमा अर्घ्यजलका लागि पुर्याएका थिए ।
अर्घ्यजल घाटमा राखी आफन्तले अन्य तयारी गरिरहँदा मृत्यु भएकी भनिएकी ज्ञवाली चलवलाएपछि गुल्मीको रिडी प्राथमिक उपचार केन्द्रमा पुर्याइएको छ । उपचार केन्द्रमा चेकजाँचको क्रममा नर्मदाको नाडी र मुटुको धड्कन चलेपछि थप उपचारको लागि परिवार तथा आफन्तले तानसेनको लुम्बिनी मेडिकल कलेज प्रभासमा ल्याए ।
अहिले उनको आईसीयू भेन्टिलेटरमा राखी उपचार भइरहेको छ। साथै ज्ञवालीको अवस्थामा सुधार आएको, नाडी र मुटुले काम गरेको, अक्सिजन पुगेको, शरीरबाट व्याक्टेरिया झिक्ने काम भइरहेको आफन्त रामप्रसाद ज्ञवालीले बताए ।
असार २५ गते गाउँमा झाडापखाल प्रकोप फैलिएसँगै नर्मदा पनि बिरामी भएपछि उपचारको लागि मिशन अस्पताल तानसेनमा भर्ना भएकी थिइन् । अस्पतालमा उपचारको क्रममा झाडा पखालासँगै नर्मदालाई निमोनिया, तथा फोक्सोमा संक्रमण भएको पाइयो । उपचारको क्रममा शरीरभरी व्याक्टेरिया फैलियो र अवस्था हरेक दिन नाजुक हुँदैगयो । विरामीलाई मिर्गौलामा समस्या देखिएको भनियो ।
विरामीको अवस्था गम्भीर रहेको भन्दै मिर्गौलाको उपचार यहाँ नहुने जानकारी अस्पतालले परिवारलाई दियो । विरामी ज्ञवालीका आफन्तले भने विरामीलाई निको नहुने, अक्सिजन दिँदासम्म मात्र बाँच्ने भनेपछि डिस्चार्ज मागेर मिशनकै एम्बुलेन्समा विरामी राखेर सिद्देश्वर पुर्याए ।
श्रीमान सूर्य ज्ञवाली सहित आफन्तकै सल्लाहमा उनलाई नबाँच्ने भन्दै घाट लैजाने भनी रिडी घाटमा पुर्याइएको थियो । झाडापखालको विरामीको रुपमा भर्ना भएकी नर्मदाको उपचारका क्रममा अन्य रोग समेत भेटिएपछि अन्तिम अवस्थामा पुगेको उनका आफन्त बताउँछन् ।
अन्नपूर्णबाट
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













देउवा दम्पती थप उपचारका लागि आज सिंगापुर जाँदै
मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै





प्रतिक्रिया