अशत्तहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्दै वडाअध्यक्ष चित्रकार

विदुर खबर २०७६ साउन ६ गते १७:२६
अशत्तहरुलाई घरमै पुगेर सामाजिक भत्ता वितरण गर्दै विदुर नपा वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकार ।

अशत्तहरुलाई घरमै पुगेर सामाजिक भत्ता वितरण गर्दै विदुर न.पा वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकार ।

नुवाकोट, विदुर नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष शिव चित्रकारले वडामा रहेका अशत्तहरुलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्न थालेका छन ।

Advertisement

शारीरिक रूपले अस्वस्थ भई बैकसम्म जान नसक्नेहरुलाई घर घरमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाअध्यक्ष चित्रकारले बताए । उनले वडाको हरेका सेवा सुविधाको पहिलो प्राथमिकतामा जेष्ठ नागरिक दलित,एकल महिला र फरक क्षमता भएका व्यक्तिहरु परेको भन्दै आगामी दिनमा उनीहरुलाई लक्षित गरि विविध कार्यक्रम ल्याउने बताए ।

प्रतिक्रिया