रसुवागढी र सान्जेन जलविद्युतको आइपिओ सूचीकरणमा किन ढिलाइ? ‘

विदुर खबर २०७६ साउन ६ गते १७:०६

नुवाकोट , रसुवागढी हाइड्रोपावर कम्पनी र सान्जेन जलविद्युत कम्पनीले प्राथमिक शेयर बाँडफाँट भएको साढे दुई महिना बितिसक्दा पनि दोस्रो बजारमा सूचीकरण गरेका छैनन्। जबकी प्रकृयागत रुपमा एक हप्ताभित्रमा सूचीकरण गर्न सकिन्छ।

Advertisement

दुई कम्पनीको भन्दा एक महिनापछि शेयर बाँडफाँट भएको इन्फिनिटी लघुवित्तले दोस्रो बजारमा सूचिकृत गरी कारोबार सुरु गरिसकेको छ। कागजी प्रकृया पुरा भएको खण्डमा तीन दिन भित्रमा दोस्रो बजारमा कारोबार गर्न सक्ने अवस्था रहेको सिडिएससीका प्रमुख कार्यकारी अधिकृत देवप्रकाश गुप्ता बताउँछन्।

कम्पनीले यसअघि आर्थिक वर्ष सकिन दुई महिना मात्रै बाँकी रहेको र दुई महिना धकेल्दा वार्षिक नविकरण शुल्क बच्ने भन्दै सूचिकरण नगरेको हो। दुबै कम्पनीले नविकरण शुल्क बचाउने बहानामा कारोबार योग्य एक करोड ४३ कित्ता शेयर बन्धक बनाएका हुन्।

Advertisement

नविकरण शुल्क बचाउने बहानामा दुई महिना पछाडि धकेले पनि अझैसम्म प्रकृया सुरु गरेका छैनन्। दुबै कम्पनी सँग बुझ्दा साउन भरिमा सम्पुर्ण प्रकृयाँ पुरा हुने प्रतिकृया दिएका छन्। विना कारण दोस्रो बजारमा सूचिकरण ढिलाइ हुँदा लगानीकर्ताको तरल लगानी बन्दक बनाउने काम भएको छ।

रसुवागढीले वैशाख ६ गतदेखि १२ गतेसम्म सर्वसाधारणको लागि ९३ लाख २९ हजार कित्ता शेयर निष्काशन गरि वैशाख १९ गते बाँडफाँट गरेको थियो। त्यस्तै सान्जेनले पनि सोहि अवधिमा ४९ लाख ८२ हजार कित्ता शेयर निष्काशन गरेर बाँडफाँट गरेको थियो।

Advertisement

आवस्यक कानुनी प्रकृयाँको जानकारी नहुँदा कम्पनीले सूचिकरण ढिलाइ गरेको देखिन्छ। आयोजनाको निर्माण कार्य भैरहेको हुँदा केहि पैसा जोगाउन खोजिएको सान्जने जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले जानकारी दिए। उनले भने ‘आवस्यक प्रकृया बुझेर साउन भरिमा सूचिकरण गर्ने छौ।’

प्रतिक्रिया