चैतको दोस्रो साताभित्र तामाकोशीको पहिलो युनिटबाट उत्पादन थाल्न कुलमानको निर्देशन

विदुर खबर २०७६ साउन ६ गते १६:४७

नुवाकोट , नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो जलविद्युत आयोजनाबाट तोकिएकै समयमा विद्युत उत्पादन थाल्न निर्देशन दिएका छन् ।

Advertisement

आइतबार आयोजनाको स्थलगत अनुगमन गर्दै प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी जलविद्युत कम्पनीका अध्यक्ष घिसिङले पछिल्लोपटक तय गरिएको समयतालिका भित्रै र गुणस्तरीय निर्माण सम्पन्न गर्न आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीलाई निर्देशन दिएका हुन्। आइतबार स्थलगत निरीक्षणमा पुगेका कार्यकारी निर्देशक घिसिङले पाइप जडानका लागि लाग्ने समयलाई अझै घटाउन एन्ड्रिज हाइड्रोलाई निर्देशन दिए। माथिल्लो ठाडो सुरुङमा पाइप जडानको काम सन्तोषजनक नपाइएपछि घिसिङले भारतको कलकत्तास्थित टेक्स्याकोका प्रमुख कार्यकारी अधिकृत जिसी अग्रवाललाई आयोजनास्थलबाटै फोन सम्पर्क गरी विगतमा जनाइएका प्रतिबद्धता पूरा गर्न आग्रह गरेका छन् ।

“आयोजनास्थलमा परिचालित व्यवस्थापन ज्यादै कमजोर छ, काममा पर्याप्त जनशक्ति पनि परिचालन भएको छैन। व्यवस्थापन सुधार गरी जनशक्ति थपेर काममा गति दिनुहोस्”, घिसिङले भने। “जसरी पनि आगामी चैतको दोस्रो साताभित्रमा पहिलो युनिटबाट विद्युत उत्पादन शुरु गर्नैपर्छ”। “निर्माण सम्पन्न हुने समय तालिकामा चासो छ, यसमा गम्भीर बन्नुहास्, सँगै भएर निर्माण सम्पन्न गरौँ, यसले सबैलाई खुशी बनाउँछ तालिका अनुसार निर्माण सकेनौँ भने सबैलाई समस्या पर्छ”, कार्यकारी निर्देशक घिसिङले भने। जनशक्ति बढाएर दैनिक तीन चरणमा काम गर्न पनि उनले निर्माण व्यवसायीका प्रतिनिधिलाई निर्देशन दिए। आयोजनामा कूल ६ वटा युनिट छन् । त्यसमा पहिलो युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन हुन्छ । कार्यतालिका अनुसार बाँकी रहने पाँच युनिटबाट आगामी असारभित्रमा अर्थात चालू आवको अन्त्यसम्म जसरी पनि निर्माण सम्पन्न गर्नैपर्ने तालिका छ ।

Advertisement

आयोजनाको भौतिक प्रगति ९८ प्रतिशत पुगेको छ । बाँकी रहेको दुई प्रतिशत काम सम्पन्न गर्न भने नेपाल विद्युत्त प्राधिकरण र आयोजनाको प्रवद्र्धक माथिल्लो तामाकोशी जलविद्युत कम्पनीलाई गाह्रो परेको छ । साधन, स्रोत उपलब्ध छ, प्राधिकरणले आवश्यक सहजीकरण गरिरहेको छ। हरेक महिना आयोजनास्थलमा नै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माण व्यवसायी, परामर्शदाता लगायतको नियमित बैठक राखी समस्याको सहजीकरण गर्ने गरेका छन् । दैनिक रुपमा प्राधिकरणका कार्यकारी निर्देशक एवं माथिल्लो तामाकोशी जलविद्युत कम्पनीका अध्यक्ष घिसिङले चासो राखेपनि निर्माण व्यवसायीले अझै अपेक्षित कार्यसम्पादन गरेको छैन।

तल्लो ठाडो सुरुङमा चार वटा पाइप जडान गरिसकेकाले अब ठेकेदार कम्पनीको आत्मविश्वास बढेकाले कामलाई तीव्रता दिने आयोजनाको विश्वास छ। लामो समयको प्रयासपछि अत्यन्तै जटिल र चुनौतीपूर्ण मानिएको तल्लो ठाडो सुरुङमा गत १ असार र माथिल्लोमा ९ असारदेखि पेनस्टक पाइप जडान शुरु गरिएको हो। स्वदेशी लगानीमा निर्धाणाधीन आयोजनाको दुई वटा ठाडो सुरुङ २७.५ मिटर पेनस्टक पाइप जडान गरिसकिएको प्रवक्ता न्यौपानेले बताए। आयोजनाको सबैभन्दा जटिल मानिएको तल्लो ठाडो सुरुङमा २० मिटर र माथिल्लो ठाडो सुरुङमा ७.५ मिटर पेनस्टक पाइप जडान गरिएको छ।

Advertisement

‘गोरखा भूकम्प’ त्यसपछिका परकम्पन एवं बाढीपहिराले पु¥याएको क्षति तथा अवरोध, तराई–मधेश आन्दोलनका कारण निर्माण सामग्री ढुवानी र इन्धन आपूर्तिमा आएको समस्या, डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले गर्दा आयोजनाको निर्माणमा ढिलाइ भएको छ। आयोजनाको निर्माण आर्थिक वर्ष २०७/७४ भित्र सकी विद्युत उत्पादनको लक्ष्य राखिएको थियो । भूकम्पलगायतका कारणले आयोजनाको निर्माण प्रभावित भएपछि चालू आव २०७५/७६ को पुस महिनाभित्र निर्माण सक्ने गरी नयाँ एकीकृत समय तालिकाका तय गरिएको थियो । तर लट २ को ठेकदारको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएको माथिल्लो तामाकोशी जलविद्युत कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए। आयोजनाको विद्युत गृह निर्माण सम्पन्न भई तयारी अवस्थामा छ भने प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ।

प्रतिक्रिया